समाजका हानिकारक मान्यताहरु हटाऔं

अनिता पोखरेल
नेपालको संविधानको विभिन्न धारा उपधारामा महिला अधिकार सुनिश्चित भए पनि महिलाहरुलाई मनोवैज्ञानिक रुपमा कमजोर बनाउने र उनिहरुको मानव अधिकारमा गम्भीर असर पर्ने खालका सामाजिक मुल्य मान्यताहरु अहिले पनि कायमै छन् । पितृसतात्मक सोचमा रुमलिएको हाम्रो समाजमा यस्ता हानिकारक मुल्य मान्यताहरु गहिरो गरी बसेका छन् । जसबाट पार पाउन अझै कयौं वर्ष लाग्न सक्छ ।

सामाजिक सांस्कृतिक धार्मिक परम्परा तथा प्रचलनको आडमा महिलामाथि विभेदपुर्ण व्यवहार हुदै आएका छन् । जन्मेदेखि नै भोग्नु पर्ने विभेदको परिणाम महिलाहरुको आत्मसम्मानमा चोट पुग्न गइ आत्महत्यासम्म गर्न पुगेका घटनाहरु हामिले देख्दै र सुन्दै आएका छौ । समाजमा व्याप्त अन्धविश्वास र कुरीति अन्त्य गर्नका लागि महिलाहरु धेरै आन्दोलन गरिरहेका छन् । अन्धविस्वास तथा कुरीतिविरुद्ध आवाज उठाउन थालेको लामो अवधि भैसक्यो तर पनि समाजमा जरा गाडेर बसेका हानिकारक सोचका कारण महिलाहरु अझै सहज रुपले अगाडि आउन सकिरहेका छैनन् ।

सरसत्र्ती हेर्दा हाम्रो समाजमा स्थापित मुल्यमान्यता सबै गलत पनि छैनन् । महिलाको सम्मान गर्ने भाव पनि पाइन्छ । छोरी जन्मिँदा घरमा लक्ष्मीको आगमन भएको, घरमा लक्षिण पसेको, कन्याको रुपमा पुज्ने जस्ता राम्रो लाग्ने व्यवहार पनि छन् तर यो सँगै छोरीलाई विभेद गर्ने अपमानित गर्ने खालका व्यवहारहरु झन बलिया छन् । छोरी महिलाको सन्दर्भमा नेपाली समाज दोहोरो मापदण्ड तय गरेर आफु अनुकुल राम्रो व्यवहार गर्ने या दुव्र्यवहार गर्ने जस्ता मान्यता तय भएका छन् । छोराको वाहानामा गर्वमै छोरीको हत्या गर्नेदेखि वंश चलाउने, परलोक सुधार्ने नाममा छोरा चाहिने, काजकिरिया गर्न छोरा चाहिने जस्ता मान्यता अझै पनि बलिया नै छन् ।

कन्यादान सबैभन्दा ठुलो दानको रुपमा अध्र्याउदै कन्यादान गरे स्वर्ग पुगिने मान्यता यदाकदा अझै सुनिन्छ । आजसम्म खासगरि महिलाको स्वतन्त्रता, गतिशिलता अंकुश लगाउँदै उनीहरुको स्वतन्त्र अस्तित्व नभएको मान्यता स्थापित गराइएको छ । परम्परागत लैंगिक भूमिकाले महिलाप्रतिका सामाजिक पारिवारिक अपेक्षाहरु परिभाषिद गर्दै महिलाहरुका लागि सीमा कोरिदिएको छ । दाइजो कम ल्याएमा कुटिनु पर्ने, पैतृक सम्पत्तिमाथिको हक व्यवहारमा स्थापित नहुने, सहनशीलताको पाठ पढाएर आफुमाथिका तमाम हिंसा, अन्याय, अत्याचार सहन प्रेरित गर्ने खालका मान्यता अझै बलिया छन् । महिलालाई आश्रित, कमजोर र पुरुषलाई पालनकर्ता कठोर, हिँस्रक बन्न प्रेरित गर्ने सामाजिक मुल्य मान्यता छन् । महिला पुरुषप्रति सामाजिक परिभाषाले लैंगिक विभेदलाई मलजल गर्न प्रेरित गरिरहेको छ । महिला पुरुष दुवैले आफ्नो क्षमता र रुची भन्दा बाहिर गएर सामाजिक मान्यता अनुरुप काम गर्नुपर्ने जीवन व्यवहार चलाउनु पर्ने मनोवैज्ञानिक अवस्था खडा गरिएको छ ।

हाम्रा सामाजिक मुल्य मान्यताहरु दोहोरो मापदण्ड बोक्ने खालका छन् । यो मान्यता धार्मिक, सामाजिक र साँस्कृतिक रुपमा निरन्तर प्रवद्र्धन हुने क्रम्मा कमी आएको छैन । अधिकांश धर्म गुरुहरु समाजका अगुवाहरु, यहाँ दोहोरो मापदण्ड अवलम्बन गरेर हानिकारक गलत परम्परालाई अवलम्बन गरिरहेका छन् । यसले महिलाको जीवनमा, घरपरिवार समाज र राष्ट्रलाई नै पछाडि धकेलिरहेको छ । महिलामाथि निरन्तर हिंसा भैरहनु, बलत्कार, बोक्सीको आरोप जस्ता अपाननीय व्यवहार हुनु यहि मान्यताको परिणती हो । छोरा र छोरीलाई सन्तानको रुपमा सम्मान व्यवहार नगरी छोरा पाए खुसी छोरी पाए दुखी भन्ने मान्यताकै परिणाम आज समाजमा छोरीलाई अर्काको घरमा जाने जातको रुपमा व्यवहार गरिन छाडिएको छैन ।

परिपक्व उमेर नहुँदै करियरमा ध्यान नदिएरै आफुलाई मन लागेको केटा र परिवारको जिम्मा लगाउन बाबु आमा हतारिनुका पछाडि सामाजिक गलत मान्यता नै कारक हो । विहे भएकी छोरी जस्तो सुकै समस्यामा परोस् जन्म दिने बाबुआमा र एकै कोखका दाजुभाई सम्मले बलियो गरी साथ नदिनु जिम्मेवारी नलिनु यही मान्यताकै परिणति हो । विहेपश्चात हर अन्याय सहेर बाँच्न विवश महिलाका कथाहरुले दिने यथार्थ पनि यही हो ।

लैंगिक विभेदलाई निरन्तरता दिने समाजमा व्याप्त हानिकारक मुल्यमान्यता अन्त्यको लागि संघर्षरत महिलाहरुले निरन्तर सबैलाई आह्वान गरिरहेका छन् । समान्तामा विस्वास गर्ने र साँच्चिकै व्यवहारमा महिला पुरुष एक रथका दुई पांग्रा भन्ने मान्यतालाई आत्मसात गर्ने महिला पूरुष सबैलाई एकजुट हुन महिला अधिकारकर्मीहरुले गरेको आह्वानलाई सकरात्मक रुपमा लिदै आ–आफ्नो ठाउँबाट अवसर हुनु आजको आवश्यकता हो । समाजमा व्याप्त अन्धविस्वास, कुरीतिको अन्त्य गर्दै संरचनागत रुपमा जरा गाडेर बसेको पितृसतात्मक सोच महिलाको लागि मात्र होइन, पुरुषका लागि पनि हानिकारक छ ।


यसले पुरुष महिला या यौन अल्पसंख्यक जो कोही मान्छेलाई मान्छे मात्र बन्न दिदैन । यो वा स्वो नाममा हरेक प्रति एउटा निश्चित दृष्टिकोण स्थापित गर्छ र पुरुषलाई श्रेष्ठ प्राणीको रुपमा मान्दै त्यसलाई प्रवद्र्धन गर्न विभिन्न मान्यताहरु विकास गर्छ । पुरुष श्रेष्ठता स्थापित गर्ने क्रममा तमाम अमानवीय व्यवहार गर्नकालागि पुरुषलाई उक्साउने तहसम्मको वातावरण निर्माण गर्छ । त्यसले सम्मानतामा आधारित सुन्दर समाज निर्माण गर्नका लागि समाजमा रहेको हानीकारक परम्परागत अभ्यासको अन्त गर्न सबै जुटौँ ।