दाङ प्रहरी भन्छ : जसले कालो मासो दलेको थियो, त्यसलाई पक्राउ गरिसक्यौं

स्वास्थ्यकर्मीको विरोध

दाङ
१४ भदौ / दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्ने केही व्यक्तीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार हातमा पन्जा लगाएर कालो मोसो लगाउने मुख्य व्यक्तीसहित अन्य केहीलाई पक्राउ गरिएको छ । तर, कति जना पक्राउ गरियो भनेर खुलाउन चाहेना् । ‘हामीले पञ्जा लगाएर कालोमोसो लगाउने मुख्य ब्यक्तीसहित केहीलाई हिजै पक्राउ गरेका हौंं’, उनले भने‘ यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं, पूरा जानकारी हामी पत्रकार सम्मेलन गरेर दिनेछौं ।’

अहिले सीसी टिभि फुटेज हेरेर कालोमोसो दल्ने व्यक्तीलाई पक्राउ गर्ने र घटना संलग्न व्यक्तीको पहिचान गर्ने तयारी भइरहेको समेत उनले बताए ।‘हामीले निष्पक्ष छानविनकालागि सीसी टिभि फुटेज हेरेर अनुसन्धान गरिरहेका छौं, हामीले भाग्न सपोर्ट गर्ने व्यक्तीहरुको पनि पहिचान गरिरहेका छौं ।’
दाङका प्रमुख जिल्ला अधिकारीका अनुसार दुई जनालाई पक्राउ गरिएको छ ।

स्वास्थ्यकर्मीहरु भने तीन दिनसम्म पनि मुख्य योजनाकारलाई पक्राउ नगर्दासम्म आन्दोलन फिर्ता नलिने बताएका छन् । मुख्य योजनाकार सर्जन परियार नै भएकाले उनलाई पक्राउ गर्नुपर्ने स्वास्थ्यकर्मीको माग छ । आज(सोमबार) पनि घोराहीमा दाङका स्वास्थ्यकर्मीहरुले पर्दशन गरेका थिए ।

अहिले अतिआबश्यक बाहेक सबै सेवा ठप्प पारेर स्वास्थ्यकर्मीहरु आन्दनेलनमा छन् । गएको शुक्रबार दिउसो पोने २ बजेतिर सर्जन परियारसहित ४/५ जनाको टोलीले डा. सिंहमाथि कालोमोसो दलेको थियो । अस्पतालका कल्चर सेवा नभएको भन्दै सर्जनले कालोमोसो दलेका थिए ।


May be an image of 1 person and text

May be an image of 1 person and text

May be an image of 1 person and text that says 'तपाई सस्तोमा प्राविधिक शिक्षा पढ्न चाहनुहुन्द? * आजै सम्पर्क गर्नुहोस पढाई हुने विषयहरु *डिप्लोमा इन फार्मेसी, *डिप्लोमा इन मेडिकल ल्याव टेकनोलोजी, *डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन फुड एण्ड डेरी टेकनोलोजी डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन बाली विज़्ञान डिप्लोमा इन आकिटेक इन्जिनियरिड सबै विषयको शुल्क मात्र ९४ हजार फारम मर्ने अन्तिम मिति २०७८ मदौ १८ गतेसम्म विस्तृत जानकारीका लागि शिक्षालयमा सम्परक गर्नुहोला शिक्षालय प्रमुख शहीद कृष्णसेन शिक्षालय इच्छक बहुप्राविधिक * घोराही, दाड * ०τ२-४६३९३४ र ९८५७८३१६१७ ०.२-'

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'