भीमबहादुर ओली
नेपाली कम्युनिष्ट आन्दोलनमा मात्र नभै विश्व कम्युनिष्ट आन्दोलनमा नवीनतम विचार प्रदान गर्नसक्ने विचारक प्रचण्डका समस्याहरू मालेमाको जमानाभन्दा भिन्न खाले हुनु र आत्मालोचनाको स्तर पनि गुणात्मक रूपमा महान हुनुले हामी नेपालीहरूले गर्व गर्नसक्ने ऐतिहासिक कार्यक्रम आठौं महाधिवेशन बनेको छ ।
उहाँले जसरी आजको उत्पादन प्रणालीमा भएको परिवर्तनसँगै वास्तविक उत्पादक शक्ति र समबन्ध बारेमा जुन विस्तृत ब्याख्या गर्नुभयो, जो कुरा २१ औं शताब्दीमा नेपाली मौलिकतामा हाम्रा गुरुहरु जीवित भएको भए यही नै गर्ने बिषयमा भ्रमित हुनु मालेमावादको अन्तरआत्मालाई बुझ्न नसक्नु हुन्थ्यो ।
समग्र हिसाबले भूमण्डकृकृत वित्तीय पूँजीवादले आजका हाम्रा सबै उत्पादनका साधन र श्रोतहरू पनि भूमण्डलीकृत गरेको अवस्थालाई मध्यनजर गरेर आगामी हाम्रा कार्यभारहरू जुनढंगले पस्कनुभयो । यो संसारकै लागि पनि ऐतिहासिक महाधिवेशन बनेको छ।
आफूलाई रूपान्तरण गरेर मात्र परिवार र समाजको रुपान्तरणमा विश्वास गर्ने प्रचण्ड आफू जनताका बस्तीहरूमा पुनः आवश्यकतामा हाजिर हुने कुरा पनि ऐतिहासिक र दूरगामी महत्वको विषय हो । हो, हाम्रो आठौ महाधिवेशनलबाट भनेजस्तै र दस्तावेजले अपेक्षा गरे अनुरूप त संगठन बनाउन सकेनौं । त्यसैमा आज बढी आशंका गरिएको छ ।
अर्को कुरा आजसम्म जनाधार निर्माण गर्न नस्क्ने नेतृत्व नै निर्वाचित भएको छ र अबसक्ने तथा हिजो कीन नसकेको ? आदि महत्वपूर्ण र गम्भीर प्रश्नहरूको उत्तर दिने ठुलो कुरा होइन । मुख्य कुरा गर्नसक्ने के हो भने यही आठौ महाधिवेशनको दस्तावेज काफी छ त ? यो मात्र पूर्ण होइन, थप खोज अनुसन्धान र संश्लेषणको आवश्यकताबोध आफै प्रचण्डले गरेको समयमा अन्य नेताहरूलाई फलामका च्यूरा सावित बन्दैछ ।
आफूले केही गर्न नसक्ने तर सबै प्रचण्डले गरिदिए नेता बन्ने इतिहासको निरन्तरता समाजवाद अभ्यासमा गम्भीर समस्या देखिने निश्चित छ । । आजका बनेको केन्द्रीय समितिका नेताहरुमा हिजो पनि जोश जाँगर थिएन र आज पनि आउने छैन भन्ने आशंका कार्यकर्ताले गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । यसलाई नकारात्मक ढंगले ब्याख्या गर्ने भन्दा पनि आफ्नो रुपान्तरणका लागि केन्द्रीय सदस्य कमरेडहरु तयार हुनुहोला ? यसलाई नकारात्मक ढंगले ब्याख्या गर्ने नेतृत्व जनताबाट त तीरस्कृत छ नै, अब कार्यकर्ताबाट हुने पालो अवश्य आउने छ ।
दस्तावेजले वैज्ञानिक र संश्लेषित जवाफ दिएको छ यसमा शंका गर्ने ठाउ छैन तर एउटा प्रश्न जरुर छ– नयाँ नीतिको नेतृत्व उही पुरानो नेतृत्वले गर्न कित सक्ला ? हिजोका नेताहरुले फिल्ड सफर गर्न नसकेरै नै आजको माओवादी केन्द्रको अवस्था आएको हो भन्ने बोध हामीले गर्नैपर्छ । हामी कम्युनिष्टहरू आशामा बाच्ने वैज्ञानिक मानव भइकाले विश्वास गरौ, अहिलेको केन्द्रीय समिति र अब मनोनित हुनेहरू सबै एक्काइसौँ शताब्दीको नेपाली समाजवादी बाटोमा लामबद्ध हुनेछन् । हामी कार्यकर्ता लागिरहेकै छौ र नेतृत्वभन्दा कुनै पनि क्षेत्रमा पछि पर्ने छैनौं ।
आठौ महाधिवेशन नेतृत्व, नीति र योजनाको पक्षमा एकल प्रचण्डको केन्द्रीकरण छ । यसलाई संस्थागत गर्न सबैले सक्यौ भने यो भौतिक शक्तिमा रूपान्तरण हुनेछ। महान सर्वहारा सास्कृतिक क्रान्तिका समयमा माओको अबस्थालाई झल्काउने खालका संकेतहरू आज माओवादी केन्द्रमा छैनन् भन्न मिल्ने अवस्था श्रृजना गर्न हामीहरू त्योभन्दा माथि उठ्ने मापदण्डहरू तयार छन त ?
माओकालीन समय र आफ्नै नियन्त्रित राज्यसत्तामा किन माओ सफलतामा पुग्न सक्नुभएन ? आज हामीहरू नोकरशाही दलाल पूँजीवाद संयन्त्रमा सफल हुने आधार यही दस्तावेजबाटै सम्भव छ त ? आजको हाम्रो दस्तावेजले गम्भीर प्रश्नहरूको जवाफ दिने प्रयास गरेको छ तर यसलाई पूर्णता बनाउन बाँकी छ । प्रचण्डको तहबाट यसको प्रयास हुने छ तर त्यसका लागि माताहतको नेतृत्व आजको भन्दा कयौं गुणा बढी अध्ययन र मेहनतका साथ खट्न सक्छन् कि सक्दैनन् ? आजको ज्वलन्त प्रश्न यही हो ।
आजको महाधिवेशन र संश्लेषित विचारमा सम्पूर्ण शक्ति केन्द्रित भएर भौतिक शक्तिमा रूपान्तरण भएर हामी लाग्न सक्यौ भने त विश्वासको आधार ऐतिहासिक रूपले बन्ने छ। हाम्रो जनयुद्धलाई मान्छेहरूले नपत्याउदा पनि आजको यो उपलब्धिमा पुगेको जनयुद्धकै आधारमा हो । यो स्थिति ल्याउनमा माओवादीहरूको आफ्नै निर्भिक यात्रा थियो, जसमा पुनः एकपटक प्रयास गर्यौं भने असम्भव भन्ने छैन। यो हामीहरूले गर्दै र झेल्दै आएको इतिहास साक्षी छ तर हामीलाई विरोधीहरुले आशंका गरिरहने छन् र हामीहरू विगतको इतिहासलाई सम्झेर अगाडि लम्किरहनुपर्छ । (लेखक माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि हुनुहुन्छ) साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । २८ पुष २०७८, बुधबार १०:५६ बजे