विद्यार्थीको अराजक संस्कार

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा केही व्यक्तीले अराजक शैलीमा डाक्टरमाथि कालोमोसो दले । राजनीतिक रुपमा सक्रिय रहेका अनेरास्ववियूका जिल्ला संयोजक सर्जन परियार, दिवस क्षेत्री जस्ता व्यक्तीबाट अस्पतालका निमित्ति मेसु डा. विनोद सिंह माथि कुनै कारणविना कालोमोसो दलिएपछि अहिले जिल्लाका स्वास्थ्यकर्मीहरु आन्दोलित भए । घटनामा संलग्नहरुलाई प्रहरीले समयमै पक्राउ नगर्दा स्वास्थ्यकर्मीहरु पनि निराश बनेका छन् । कुनै पनि आन्दोलन कुन विषयमा हो भन्ने कुरा प्रष्ट हुनुपर्छ । कालोमोसो दल्ने जस्तो अपराधिक कार्य गर्नलाई मेसुले के कुरामा कम्जोरी गरेका थिए, भन्ने कुरा स्पष्ट छैन ।

जहा“ बढि सेवाग्राही हुन्छन्, त्यहा“ गुनासा पनि आउछन्, त्यो स्वभाविक पनि हो । समग्र साविक राप्तीको ठूलो सरकारी अस्पताल हो, राप्ती प्रादेशिक अस्पताल । जुन अस्पताललाई सुधार गर्नुपर्ने धेरै छ । सेवा प्रवाह प्रभाबकारी हुन सकेको छैन । विरामीले सहज सेवा पाउन सकेका छैनन । धेरै सेवा थप गर्नुपर्ने अबस्था छ । रेफर सेन्टर छ । यसलाई सुधार गर्न सबै एकजुट हुनुपर्छ । एउटा व्यक्तीले मात्रै चाहेर सम्भव छैन । तर, अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा जुन किसिमको हर्कत भए, यो एकदमै अपराधिक कार्य हो । प्रादेशिक अस्पतालमा सुरक्षाकै कारण देखाउ“दै डाक्टरहरु बस्ने नमान्ने अबस्था छ । हाम्रा यस्तै क्रियाकलापले झनै यो कुरालाई बल पु¥याउ“छ, त्यसैले प्रभावकारी सेवाकालागि हामीले आलोचनात्मक चेतका साथ गतिबिधि गर्नुपर्छ । हाम्रै ठाउ“को अस्पताललाई कसरी उचाईमा लैजाने भन्ने कुरा राजनीतिक दलले पनि एकदमै चासो दिनुपर्छ । तर, राजनीतिक दलकै संरक्षणमा हुने यस्तो फोहोरी खेलले अस्पताल सुधार हुने कुरा कल्पना समेत गर्न सकिदैन ।

अस्पतालमा कार्यरत चिकित्सकसहतिका स्वास्थ्यकर्मी, कर्मचारीप्रति हाम्रा धेरै असहमति छन् । अस्पतालको समयमै निजि संस्थामा विरामी जा“च गर्ने, समयमा अस्पतालमा नआउने, विरामी जा“च गर्न जा“गर नचलाउने जस्ता समस्या नागरिकले नभोगेका पनि होईनन्, यसमा सुधार गर्नकालागि पटक–पटक दवाव दिन त आबश्यक छ नै, त्यसकालागि सबै एकजुट भएर विरोध गर्ने एउटा कुरा हो, तर, व्यक्तीगत रिसीईवीलाई लिएर व्यक्तीगत स्वार्थपूर्तिकालागि पार्टी, संगठनको नाम बेचेर गरिने यस्ता क्रियाकलापले कुनै पनि क्षेत्र सुध्रिन सक्दैन । यस्ता ब्यक्तीलाई प्रहरी प्रशासनले पनि पक्राउ गर्ने कार्यमा कसैको दवाव र प्रभाबमा पर्नु हु“दैन ।

May be an image of 1 person and text


May be an image of 1 person and text

May be an image of 1 person and text that says 'तपाई सस्तोमा प्राविधिक शिक्षा पढ्न चाहनुहुन्द? * आजै सम्पर्क गर्नुहोस पढाई हुने विषयहरु *डिप्लोमा इन फार्मेसी, *डिप्लोमा इन मेडिकल ल्याव टेकनोलोजी, *डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन फुड एण्ड डेरी टेकनोलोजी डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन बाली विज़्ञान डिप्लोमा इन आकिटेक इन्जिनियरिड सबै विषयको शुल्क मात्र ९४ हजार फारम मर्ने अन्तिम मिति २०७८ मदौ १८ गतेसम्म विस्तृत जानकारीका लागि शिक्षालयमा सम्परक गर्नुहोला शिक्षालय प्रमुख शहीद कृष्णसेन शिक्षालय इच्छक बहुप्राविधिक * घोराही, दाड * ०τ२-४६३९३४ र ९८५७८३१६१७ ०.२-'

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'