सिपि नेपालको आयोजनामा गढवामा सहकारी शिक्षा तथा व्यवस्थापन तालिम सम्पन्न

आलोक भावुक
गढवा, १८ मंसिर । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वय सहकार्यमा बिहीबार सहकारी संस्था सदस्य तथा शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तथा व्यवस्थापन तालिम बाकीमा सम्पन्न भएको छ।

तालिममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शारदा कुमारी चौधरीले गढवा गाउँपालिकाले सहकारीहरुलाई प्रेरित गर्दै आवस्यक प्राविधिक सहयोग, लेखापरीक्षण तथा क्षमता अभिवृद्धि तालिमको व्यवस्था गर्ने बताउनुभयो। हामी सबैले मिलेर सहकारी संस्थाहरूलाई सक्षम बनाऔं र समुदायको समग्र विकासतर्फ अग्रसर बन्ने बिचार ब्यक्त गर्नु भयो। कार्यक्रममा सहभागी सदस्यहरूले तालिमबाट प्राप्त ज्ञानले आफ्ना संस्थाहरूको व्यवस्थापन सुधार्ने र सदस्यहरूबीच विश्वास निर्माणमा मद्दत पुग्ने बताएका थिए। केहीले वित्तीय अभिलेखरक्षण, ऋण व्यवस्थापन र सदस्यता विस्तारका व्यावहारिक तरिकाबारे सोधेपछि प्रशिक्षकहरूले प्रश्नोत्तर सत्रमार्फत स्पष्ट दिशानिर्देश दिएका थिए।

तालिमको समापनमा आयोजक संस्था क्रियटिङ पोसिबिलिटिज नेपाल र गढवा गाउँपालिकाका प्रतिनिधिहरूले सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा थप अभ्यासात्मक तालिम र अनुगमनको व्यवस्था गरिने जानकारी दिएका थिए। कार्यक्रमले स्थानीय सहकारी संस्थाहरूको क्षमता विकासका लागि सकारात्मक संकेत दिएको र भविष्यमा समुदायस्तरीय आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिममा सहकारी संस्थाका सदस्य तथा शेयर सदस्यहरूका लागि सहकारी शिक्षा तथा व्यवस्थापन तालिममा उनको बचत तथा ऋण सहकारी संस्थाका करिब सय भन्दा बढीको सहभागिता रहेको थियो।


तालिमको प्रशिक्षकमा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव र गाउँपालिका स्तरीय सहकारी सञ्चारका अध्यक्ष बेगम बहादुर गहतराज रहनुभएको थियो।

सहकारी शाखा प्रमुख यादवले सहकारीको अर्थ मुल्य मान्यता, सहकारीको बिबिध कानुनि व्यवस्थाको बारेमा विस्तृत रूपमा जानकारी गराउनुभएको थियो भने सञ्जालका अध्यक्ष गहतराजले वित्तिय साक्षरता तथा आधारभूत सहकारी शिक्षाको बारेमा कलास लिनु भएको थियो।

कार्यक्रमको सहजीकरण महिला शसक्तिकरण कार्यक्रमकी संयोजक सरिता चौधरीले गर्नु भएको थियो ।