अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरको अध्यक्षमा कडेँल

तलसीपुर, १९ मंसिर । दाङको तुलसीपुर स्थित अपाङ्ग समाज सुधारको अध्यक्षको हुमकान्त कडेँललाई चयन गरिएको छ । शुक्रबार भएको केन्द्रको छैठौं अधिवेशनले कडेँलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

कडेँल उक्त संस्थाका संस्थापक अध्यक्ष समेत हुन् । केन्द्रको उपाध्यक्षमा इन्द्र बहादुर नेपाली र हरिकला भण्डारी, महासचिबमा नारायण प्रसाद लामिछाने, कोषाध्यक्षमा रामप्रसाद चौधरी र सचिबमा बर्षा थापालाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा इन्द्रा कुमारी चौधरी, रुपा चौधरी, यम कुमारी चौधरी, तारा विष्टलाई चयन गरिएको छ ।


साथै तीन सदस्य पछि थपिनेछ । सर्वसहमतिबाट नयाँ कार्य समिति चयन गरिएको हो । केन्द्रका अध्यक्ष इश्वरी प्रसाद खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएका हो ।

त्यस अवसरमा तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर १६ का वडाध्यक्ष शिवानन्द डाँगी, पत्रकार शुसिल बस्नेत, बृद्ध सेवा समिति तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी, मानव अधिकार तथा शान्ति समाज दाङका अध्यक्ष कमल डाँगी, टिकाराम कडेँल, हुमाकान्त कडेँललगायतले मन्तब्य ब्यक्त गरेका थिए । उपाध्यक्ष हरिकला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिब दोलक बहादुर खत्रीले गरेका थिए ।