
तुलसीपुर, १९ मंसिर ।
दाङमा १९ दिनमा अबैद्य उत्खनन् गर्ने १८ सवारीलाई कारवाही गरिएको छ । नदी जन्य पदार्थ अबैद्य उत्खनन् गर्ने १८ सवारीबाट चार लाख बढी जरिवाना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।
उनका अनुसार १३ वटा ट्याक्टरबाट २ लाख २० हजार, तीन वटा टिप्परबाट एक लाख २७ हजार ५४०, दुईवटा जेसिबीबाट ९० हजार जरिवाना गरि चार लाख सैतिस हजार पाचँ सय चालिस जरिवाना असुल गरेको हो । कार्बाही पश्चात उक्त सवारी साधनहरु सम्बन्धित ब्यक्तिहरुको जिम्मा लगाई पठाईएको छ ।



लाइभदाङ । २० मंसिर २०८२, शुक्रबार १९:५२ बजे