
तुलसीपुर, १८ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ मा राप्ती लोकमार्ग देखि गिधनियासम्मको सडक कालोपत्रेको काम अगाडी बढेको छ ।
एक करोड लागतमा अहिले उक्त सडक कालोपत्रेका काम भइरहेको वडाध्यक्ष मोहन पौडेलले बताए । उनका अनुसार हाल पाँच सय मिटर सडक कालोपत्रे भइसकेको छ ।
सोही ठाउँमा २२ सय मिटर सडक कालोपत्रे हुने गरि काम अघि बढेको छ । तुलसीपुर उपमहानगरपालिकाको बजेटबाट उक्त काम हुन लागेको हो। दाङको तुई उपत्यकाका रुपमा रहेको सोही ठाउँमा सडक कालोपत्रे थिएन ।
सडक कालोपत्रे नहुँदा आवतजावतमा समस्या हुने गरेको थियो । उक्त सडक कालोपत्रे भएपछि सहज हुने वडाध्यक्ष पौडेलको भनाई छ । उनका अनुसार साही सडक कालोपत्रे गर्नकालागि निकै मेहनत गरेको समेत वडाध्यक्ष पौडेलको भनाई छ ।
ओशिष कन्ट्रसनले उक्त सडक निर्माणको काम गरिरहेको छ । हाल राप्ती लोकमार्गको सानो लेकदेखि गिधनियासम्म कालो पत्रे हुने र बाँकी रनियापुरको वडा कार्यालयसम्मको कालोपत्रेकालागि अर्को टेन्डर प्रक्रिया पनि अघि बढेको वडाध्यक्ष पौडेलले बताए ।



लाइभदाङ । १९ मंसिर २०८२, बिहीबार १२:०५ बजे