तुलसीपुर महोत्सवः लण्डन व्रिज र जलपरी ल्याईने

तुलसीपुर, १८ मंसिर । दाङको तुलसीपुर महोत्सवमा लण्डन व्रिज र जलपरी ल्याइने भएको छ ।

पछिल्लो समय महोत्सवमा निकै आकर्षणको केन्द्र बन्ने गरेका लण्डन व्रिज र जलपरि ल्याइने भएको हो । त्यसकालागि विहीबार सिलान्यास समेत गरिएको छ ।


घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीसहितको टोलीले सिलन्यास गरेका हुन् ।

आउदो पुस ४ गतेदेखि लाग्ने महोत्सवमा दर्शकहरुलाई जलपरि र लण्डन व्रिजले आकर्षण थप्ने महासचिब भद्र वलीले बताए ।