माओवादी पार्टीको पुनर्गठनः एक चर्चा

आजाद खड्का
१. विषय प्रवेश
नेपालको कम्युनिष्ट आन्दोलन सात दशक लामो इतिहास बोकेको छ । विभाजन–एकता, आन्दोलन–संघर्ष, उपलब्धि–हार–जितका अनगिन्ती चरणहरू पार गर्दै आएको यस आन्दोलनको ऐतिहासिक धरोहर नै आजको माओवादी केन्द्र हो ।

विशेषगरी जनयुद्धले ल्याएको ऐतिहासिक उपलब्धि—गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता—जनताको संघर्षकै उपज हुन् । तर ती उपलब्धिहरू जनअपेक्षा अनुसार गहिरिन सकेका छैनन् । त्यसैले माओवादी पार्टीलाई पुनर्गठन नगरी यो पार्टीले पुनर्जीवन लिन असंभव छ । हामीले माओवादी पार्टी पुनर्जीवनको लागि पुनर्गठन केवल सांगठनिक रूपमा मात्र गरेर हुदैन । पार्टीलाई वैचारिक–राजनीतिक–आर्थिक, सामाजिक, साँस्कृतिक आदि पुनर्गठन–पुनर्जागरण र सांस्कृतिक रूपान्तरण मार्फत नयाँ चरणमा पुनर्गठन गर्नु आजको अनिवार्य आवश्यकता हो ।

२. पुनर्गठनको खाकाः
(क) वैचारिक पुनर्गठन
मालेमावादी सिद्धान्तलाई वैज्ञानिक समाजवाद निर्माण गर्ने वैचारिक आधार मानेर पुनः सक्षम पार्टी भएको प्रमाणीत गर्न पार्टीका आम नेता कार्यकर्तालाई प्रारम्भिक, आधारभूत, माध्यमिक र उच्च स्तरिय स्कुलिङ सञ्चालन गर्नु पर्दछ ।

यसरी पार्टीलाई पुनर्गठन गर्ने भनेको “वर्ग संघर्ष, जनवादी क्रान्ति, समाजवादी रूपान्तरण”को एकीकृत दृष्टि स्पष्ट गर्ने भनेको हो । विचारलाई पुस्तान्तर गर्ने—नयाँ पुस्तालाई पार्टी विद्यालय, डिजिटल शिक्षण केन्द्र, अध्ययन–अनुसन्धान इकाईमार्फत वैचारिक रूपमा तयार गर्ने भनेको हो ।

वैचारिक स्पष्टताबिना संगठन गुटबन्दीमा फस्छ । त्यसैले विचारलाई सामूहिक आस्था बनाउनु पर्दछ । हामी माओवादीहरु देशलाई नेपाली विशेषता सहितको वैज्ञानिक समाजवादी गणतन्त्र स्थापना गरेर नेपालवाट विश्वसाम्यवादको ढोका खोलेर विश्वसाम्यवाद स्थापना गर्नु हाम्रो रणनीतिक लक्ष्य हो । त्यस्तो व्यवस्था स्थापना गर्न देशले निश्चित मापदण्ड पुरा गर्नुपर्दछ । त्यो मापदण्ड भनेको सामाजिक न्याय सहितको समृद्ध राष्द्र निर्माण हुनु पर्दछ । यो भनेको नयाँ जनवादी क्रान्तिको बाँकि कार्यभार पुरा गर्नु हो । यो भनेको समाजवादी क्रान्तिको आधार निर्माण गर्ने भनेको पनि हो ।

यो कुरा पुरा गर्न हाम्रो अगाडी दलाल पुजीवाद र त्यो वाट निर्देशित पितृसत्तावाद, जातव्यवस्था आदि प्रवृत्ति बाधक वनेको छ । यसलाई पन्छाउन यसै प्रवृत्तिमाथी प्रहारको प्रमुख निशाना वनाउनु वनाउने राजनीतिक कार्यदिशालाई प्रस्ट्याउदै वैचारिकरुपमा एकतावद्ध गर्नु नै वैचारिक पुनर्गठन गर्नु हो ।

(ख) राजनीतिक पुनर्गठन
माओवादी शक्तिलाई राजनीतिक पुनर्गठन गर्नु भनेको पार्टीलाई चुनावी शक्तिमा मात्र सिमित हुन नदिएर, पार्टीलाई जनसंघर्ष र नीतिगत हस्तक्षेप गर्ने वैकल्पिक शक्तिको रूपमा पुनः उभ्याउने भनेको हो भन्ने कुरामा सिंगो पार्टी पंक्तिलाई एकतावद्ध गराउनु नै राजनीतिक पुनर्गठन गर्नु हो ।

वर्गीय: जनवादी आन्दोलनलाई गाउँदेखि शहरसम्म पुनः सक्रिय पार्ने ।
संसद र सडकबीचको सम्बन्धलाई स्पष्ट गर्ने : संसदलाई नीतिगत प्रयोगशाला, सडकलाई शक्ति निर्माणको मूल आधार वनाई पार्टीको राजनीतिक पुनर्गठन गर्नु हो ।

नयाँ कार्यदिशा :
राष्ट्रियता, जनतन्त्र र समाजवादको त्रिकोणत्मक कार्यभारलाई आजको सन्दर्भमा रूपान्तरण गर्नु आजको अनिवार्य आवश्यकता हो ।

आर्थिक मुद्दा (भूमि सुधार, श्रम अधिकार, उत्पादनमूलक उद्योग) लाई केन्द्रमा ल्याउने नयाँ कार्यदिशा वनाउनु पर्दछ ।

(ग) सांगठनिक पुनर्गठन
१)जनवादी केन्द्रीयतालाई पूर्ण अभ्यासमा उतार्ने :
छलफलमा विविधता -जनवादी, काम कारवाहीमा एकरुपता (केन्द्रीयता) जनवादी केन्द्रीयताको सार्वभौम मान्यता हो । यहि मान्यतामा टेकेर पार्टीको सांगठनिक पुनर्गठन गर्नु पर्दछ ।

२) प्रतिनिधि छनोट प्रणाली :
आधारभूत इकाइदेखि केन्द्रीय तहसम्म जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणालीवाट छनोट गरेर मात्रै अवको माओवादी आन्दोलन (पार्टी) को सांगठानिक पुनर्गठन संभव छ ।

३) महाधिवेशन/अधिवेशन प्रतिनिधि छनोटः
पार्टीको इकाई देखि केन्द्रीय महाधिवेशन/अधिवेशन प्रतिनिधि छनोट गर्दा वर्गीय/क्षेत्रीय/जातिय/लैंगिक/सामुदायीक जनसंख्याका आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व प्रणालीवाट प्रत्यक्ष प्रतिसप्रधावाट छनोट गरेर माओवादी पार्टीको वास्तविक सांगठानिक पुनर्गठन गर्नु पर्दछ ।

४)नेतृत्व चयन :
पार्टीको समग्र नेतृत्व अध्यक्षले र सांटठानिक नेतृत्व महासचिवले गर्दछ । त्यसकारण पार्टीको अध्यक्ष र महासचिव पद प्रत्यक्ष महाधिवेशन प्रतिनिधिबाट चुनिनु पर्छ । यसरी चुनिनलाई ति उम्मेदवारहरुले राजनीतिक कार्यदिशा÷सांगठानिक प्रतिवेदन अनिवार्य प्रस्तुत गर्ने र जसको नीति उसैको नेतृत्व हुने आधारमा नेतृत्व चयन गरेर मालेमावादी मान्यतालाई पुनसर््थापित गरिनुपर्छ ।

५) केन्द्रीय समिति गठनः
पार्टीको महाधिवेशाले केन्द्रीय समिति सदस्य चयन गर्दा वर्गीय÷क्षेत्रीय ÷जातिय÷लैंगिक÷सामुदायीक जनसंख्याका आधारमा उमेद्घारको कोटा निर्भारण गरेर निश्चित कोटाका उमेद्घारहरुका विचमा प्रतिसप्रर्धा गराई प्रत्यक्ष निर्वाचन प्रक्रियावाट वर्गीय÷क्षेत्रीय÷जातिय÷लैंगिक÷सामुदायीक संरचनाको प्रतिबिम्बकोरुपमा माओवादी पार्टीलाई सांगठानिक पुनर्गठन गर्नु पर्दछ ।

६)अन्य पदाधिकारी चयन र अवधिः
यसरी छनोट गरिएका केन्द्रीय अध्यक्षको अध्यक्षतामा केन्द्रीय समितिको वैठकले पाटीको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, उपमहासचिव र सचिवहरु, कोषाध्यक्ष चयन गर्नेछ । पार्टीको कुनै पनि पदाधीकारी लगातार दुई कार्यकाल भन्दा वढि रहन पाउने छैन ।

७) पोलिटब्यूरो र स्थायी समिति गठनः
महाधिवेशनवाट निर्वाचित केन्द्रीय समितिको वैठकले पाटीको पोलिटब्यूरो र स्थायी समितिको आवश्यकता र क्षमताका आधारमा गठन गर्नेछ ।

अनुशासन आयोग र आचारसंहिता :
गुटीयता, पैसाको प्रभुत्व, व्यक्तिपूजा अन्त्य गर्न कठोर नियम ।

(घ) आर्थिक पुनर्गठनः
पार्टी र आन्दोलनको दिर्घकालीन स्थायित्व, स्वतन्त्रता र विश्वसनीयता सुनिश्चित गर्न आर्थिक आधार बलियो हुनु अनिवार्य छ। त्यसैले आर्थिक पुनर्गठन भनेको — पार्टीको आर्थिक स्वावलम्बन, पारदर्शिता, वैकल्पिक अर्थतन्त्रको अभ्यास र उत्पादनमुखी समाजतर्फको तयारी हो।

१) आर्थिक सिद्धान्तको स्पष्टता
दलाल–पुँजीवाद, उपभोक्तावाद र वैदेशिक सहयोगमा आधारित परनिर्भर अर्थतन्त्रलाई अस्वीकार गर्ने ।

“स्वावलम्बी, उत्पादनमुखी, श्रम–केन्द्रित, सहकारी–समाजवाद उन्मुख अर्थतन्त्र” निर्माणलाई आधार मान्ने ।

पार्टीको आर्थिक संरचना र देशको समाजवादी अर्थतन्त्रको खाका एउटै दिशामा अग्रसर हुने व्यवस्था गर्नु ।

२) पार्टी वित्त व्यवस्थापन
सदस्यता शुल्क : सबै सदस्यले सामाजिक वर्गीय आधार अनुसार (आय–व्यवसाय–क्षमता) निश्चित अनुपातमा सदस्यता शुल्क तिर्ने व्यवस्था गर्ने ।

स्वेच्छिक योगदान : समर्थक र शुभेच्छुकहरूले पारदर्शी ढङ्गले आर्थिक योगदान गर्न सक्ने व्यवस्था गर्ने ।


समूहगत उत्पादन र सहकारी : पार्टीको संरचना अनुसार सामूहिक खेती, श्रम–उद्योग, सहकारी संस्था सञ्चालन गरेर पार्टीको वित्त व्यवस्थापनलाई आत्मनिर्भर बनाउने व्यवस्था गर्ने ।

पार्टी उद्यम : प्रकाशनगृह, प्रशिक्षण केन्द्र, डिजिटल मिडिया, उत्पादन र सेवा–आधारित परियोजना सञ्चालनको व्यवस्था गर्ने ।

३) पारदर्शिता र अनुगमन
स्वतन्त्र आर्थिक अनुगमन समिति : पार्टी भित्रको कुनै पनि पदाधिकारी वा समिति आर्थिक हिसाब–किताबमा सर्वसाधारण सदस्य र जनतामाझ उत्तरदायी हुने व्यवस्था गर्ने ।

वार्षिक वित्तीय प्रतिवेदन : प्रत्येक तहमा (स्थानीय समिति, प्रदेश समिति, केन्द्रीय समिति) वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने अनिवार्यताको व्यवस्था गर्ने ।

भ्रष्टाचार, घूस, पैसाको प्रभुत्व पूर्ण निषेध : कडाइका साथ कारवाही व्यवस्था गर्ने ।

४) उत्पादन–आधारित आचरण
जनउद्योग : कृषिउद्योग, घरेलु उद्योग, श्रम–आधारित उत्पादनलाई प्रोत्साहन गर्ने व्यवस्था गर्ने ।

समूहगत खेती र सहकारी उत्पादन : जमिन सुधार, भूमिहीनलाई सामूहिक खेतीमा संगठित गर्ने व्यवस्था गर्ने ।

श्रम–अधिकार र उत्पादन : पार्टीको संगठनात्मक जीवन श्रम, उत्पादन र समाजसेवामै जोड्ने व्यवस्था गर्ने ।

५) वैकल्पिक अर्थतन्त्र अभ्यास
पार्टीले आफ्नो संगठनभित्रै समाजवादी अर्थतन्त्रको नमूना अभ्यास गर्ने व्यवस्था गर्ने ।

“जनसेवा–जनउद्योग” अभियान सञ्चालन गरेर, शिक्षा–स्वास्थ्य–सञ्चारमा सामूहिक लगानी गर्ने व्यवस्था गर्ने ।

गाउँ–नगरमा पार्टी–संचालित सामाजिक सहकारी संस्था स्थापना गरेर, ऋण–सहायता–उत्पादन–वितरणलाई जनमुखी बनाउने व्यवस्था गर्ने ।

६. अन्तर्राष्ट्रिय सन्दर्भ

अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू (IMF, WB, WTO) ले थोपेको पुँजीवादी शर्त अस्वीकार गर्ने व्यवस्था गर्ने ।

क्षेत्रीय सहकार्य (SAARC, BRI, आदि) लाई वैकल्पिक समाजवादी अर्थतन्त्र निर्माणतर्फ प्रयोग गर्ने व्यवस्था गर्ने ।

वैदेशिक रोजगारीमा निर्भर युवालाई उत्पादनमुखी रोजगार अभियानमा संगठित गर्ने व्यवस्था गर्ने ।

(ङ) सामाजिक साँस्कृतिक पुनर्गठन
सामाजिक–सांस्कृतिक पुनर्गठन राजनीतिक आन्दोलनको दिगो सफलताका लागि आधारभूत शर्त हो । त्यसका लागि साहित्य, कला, गीत, नाटकदेखि डिजिटल सञ्चारसम्मका माध्यमलाई वर्गसंघर्षको हतियारका रूपमा प्रयोग गर्दै क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई अघि बढाउनुपर्छ । उपभोक्तावादी संस्कृति, भोगवाद र व्यक्तिपूजाको शैलीको विरोध गर्दै श्रमप्रेम, सामूहिकता र जनसेवामुखी संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ । यसरी मात्र जनसंस्कृति बलियो भएर प्रतिगामी सांस्कृतिक आक्रमणलाई परास्त गर्न सक्छ ।

यससँगै पार्टीभित्रै जीवनशैलीमा क्रान्ति अपरिहार्य हुन्छ । नेताको जीवनशैली साधारण, पारदर्शी र जनजीवनसँग मेल खाने हुनुपर्छ । “नेता–सेवक” भन्ने सांस्कृतिक मूल्यलाई व्यवहारमा उतारेर मात्र पार्टी नेतृत्व र कार्यकर्ताबीच विश्वास र आत्मीयता बढाउन सकिन्छ । जीवनशैलीमै नयाँपन ल्याउने क्रान्तिले पार्टीलाई जनतासँग आत्मिक रूपमा जोड्ने र संघर्षलाई दीर्घकालीन बनाउन आधार निर्माण गर्नेछ ।

३. सम्भावित चुनौती र समाधान
गुटीयता र पैसाको प्रभाव पार्टीभित्रको सबभन्दा ठूलो चुनौती हो। यसले आन्तरिक लोकतन्त्र कमजोर पार्छ, अवसरवादी प्रवृत्ति बढाउँछ र वैचारिक आधारभूत सिद्धान्तलाई विस्थापित गर्ने खतरा हुन्छ । यसको समाधान पारदर्शी निर्वाचन प्रणाली, कडाइका साथ कार्यान्वयन हुने आचारसंहिता, तथा हरेक आर्थिक गतिविधिको सार्वजनिक हिसाब–किताबमार्फत सम्भव हुन्छ । यसरी मात्र सदस्यबीच विश्वास बढ्छ र पार्टीमा स्वस्थ राजनीतिक संस्कृति विकास हुन्छ ।

व्यक्तिपूजा र करिश्मामा निर्भरता पनि अर्को गम्भीर समस्या हो । व्यक्तिको चकचकीमा पार्टीलाई चलाउँदा सामूहिक नेतृत्वको भावना हराउँछ र पार्टी विचारभन्दा बढी नेतामा सीमित हुन्छ । यसको समाधान भनेको राजनीतिक प्रतिवेदन, वैचारिक स्पष्टता र कार्यक्रमका आधारमा नेतृत्व चयन गर्ने संस्कार विकास गर्नु हो। यसरी सामूहिक विचार र बहसको माध्यमबाट मात्र सही नेतृत्व उदय हुन्छ।

अनुशासन भंग पार्टीलाई विखण्डनतिर धकेल्ने मुख्य कारण हो। संगठनात्मक निर्णयलाई तोडमोड गर्ने, व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति बढे पार्टी असंगठित र कमजोर हुन्छ । यसलाई रोक्न अनुशासन आयोगलाई सशक्त बनाउनुपर्छ र हरेक निर्णयपश्चात् पूर्ण कार्यान्वयन सुनिश्चित गर्नुपर्छ। कठोर तर न्यायपूर्ण अनुशासनले मात्र संगठनलाई एकतावद्ध र अनुशासित राख्न सक्छ।

सांस्कृतिक भ्रम पनि लामो संघर्षमा बाधक बन्न सक्छ। उपभोक्तावादी प्रवृत्ति, व्यक्तिगत सफलता–केन्द्रित सोच वा प्रतिगामी संस्कृतिले आन्दोलनको आत्मा कमजोर बनाउन सक्छ । यसको समाधान निरन्तर वैचारिक–सांस्कृतिक प्रशिक्षणमार्फत सम्भव हुन्छ । जनवादी संस्कृति प्रवद्र्धन गरेर, श्रम, सामूहिकता र जनसेवामुखी मूल्यलाई प्रोत्साहन दिएर मात्र सांस्कृतिक भ्रमलाई परास्त गर्न सकिन्छ ।

४. निष्कर्ष
माओवादी केन्द्रको पुनर्गठन भनेको केवल सांगठनिक स्वरूप फेरबदल मात्र होइन, बरु वैचारिक स्पष्टता, राजनीतिक कार्यदिशा, सांगठनिक क्रान्ति र सांस्कृतिक रूपान्तरणको एकीकृत प्रक्रिया हो । यस्तो पुनर्गठनले पार्टीलाई आन्तरिक रूपमा बलियो मात्र बनाउने होइन, बाह्य रूपमा पनि वर्गसंघर्षको नेतृत्व गर्न सक्षम बनाउँछ। वैचारिक रूपले दृढ, राजनीतिक दृष्टिले स्पष्ट र संगठनात्मक रूपमा सुदृढ नभएसम्म कुनै पनि पार्टीले ऐतिहासिक भूमिकाको जिम्मेवारी पूरा गर्न सक्दैन ।

यसरी पुनर्गठित माओवादी केन्द्र मालेमावादी विचारद्वारा निर्देशित वर्गीय, लैङ्गिक, जातीय र क्षेत्रीय प्रतिनिधित्वको वास्तविक प्रतिबिम्ब हुनेछ । यसले सामूहिक नेतृत्व र जनवादी केन्द्रीयतामा आधारित अनुशासित संगठन निर्माण गर्नेछ । गुटीयता, व्यक्तिपूजा र पैसाको प्रभावलाई परास्त गर्दै विचार, प्रतिवेदन र सामूहिक निर्णयका आधारमा पार्टीलाई चलाउने संस्कृति विकास हुनेछ । यो अनुशासित र सामूहिक पार्टी मात्र दीर्घकालीन जनआन्दोलनको मेरुदण्ड बन्न सक्छ ।

त्यस्तै, पुनर्गठित पार्टीले सांस्कृतिक रूपान्तरणमार्फत समाजवादप्रतिको जनविश्वासलाई बलियो बनाउनेछ। उपभोक्तावादी र व्यक्तिपूजात्मक संस्कृतिको विरोध गर्दै सामूहिकता, श्रमप्रेम र जनसेवामुखी जीवनशैलीलाई पार्टीभित्रै संस्थागत गर्नेछ । अन्ततः, यस्तै रूपान्तरण भएको माओवादी केन्द्र नै नेपाली विशेषतासहितको वैज्ञानिक समाजवादको नेतृत्व गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने सामर्थ्य राख्नेछ ।