कोलम्बो १९, चैत।
श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् । ‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको’ उनले एक घोषणामा भनेका छन् । सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राती कफ्र्यू लगाएको थियो ।
लाइभदाङ । १९ चैत्र २०७८, शनिबार १४:३३ बजे