
तुलसीपुर, २६ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५, ‘ङ’ लाइनमा ‘केएस जेन्स एन्ड लेडिज’ पसल सञ्चालनमा आएको छ। उक्त पसलको समुद्घाटन तुलसीपुर उद्योग व्यापार संघका अध्यक्ष वेदप्रसाद ओलीले उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा ओलीले पछिल्लो समय ब्यबसायिक क्षेत्रमा आबद्ध हुने क्रम बढेको बताए । यस पसलमा महिला तथा पुरुष दुवैका लागि उपयोगी विभिन्न प्रकारका कपडाहरू, कस्मेटिक सामग्रीहरू तथा ब्यूटी पार्लरसम्बन्धी सेवाहरू उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। साथै, पसलले ग्राहकहरूलाई लक्षित गर्दै विशेष छुट तथा उपहार योजनाहरू समेत सार्वजनिक गरेको छ।
यो नयाँ पसल सञ्चालनसँगै अब तुलसीपुर क्षेत्रका ग्राहकहरूले कपडा तथा सौन्दर्यसम्बन्धी सामग्री र सेवाहरू एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।



लाइभदाङ । २६ आश्विन २०८३, सोमबार ०७:३३ बजे