
तुलसीपुर, २५ असोज ।
नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगरपालिकाको चौथो सम्मेलनबाट लिलाधर नेपालीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति सर्वसम्मत चयन भएको छ। सम्मेलनले वरिष्ठ उपाध्यक्षमा दिनेश डाँगी, महिला उपाध्यक्षमा यशोदा गौतम, सचिवमा लोकेन्द्र खड्का र कोषाध्यक्षमा किरण कुमारी ओलीलाई चयन गरेको हो।
त्यसैगरी सदस्यहरूमा सन्तोष परियार, मिनबहादुर चौधरी, रामबहादुर शाह, जिएम चौधरी, उर्मिला नेपाली र गोपाल खड्का चयन भएका छन्।
रुद्लरुद्र डाँगीको अध्यक्षता तथा शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटीका सदस्य शोभाराम धितालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा संगठनका दाङ जिल्ला संयोजक झक्कु प्रसाद केसी, सहसंयोजक दीपा कुमारी ओली तथा जिल्ला सदस्य रामकुमारी ओलीको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले शिक्षकहरूको पेशागत हकहित संरक्षण, संगठनात्मक एकता, साझा समस्या समाधान तथा सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा संगठनले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
संगठनका उपाध्यक्ष टंक केसीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव लोकेन्द्र खड्काले गरेका थिए।
नवनिर्वाचित समितिले शिक्षकहरूको पेशागत अधिकार संरक्षण, मर्यादा प्रवर्द्धन तथा शिक्षकका जायज माग र मुद्दालाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।



लाइभदाङ । २५ आश्विन २०८३, आईतवार २१:२३ बजे