
दाङ, २६ असोज ।
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा रा.१ ख २५११ नम्बरको टिपरले आइतबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनापछि स्थानीयले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै घोराही(लमही सडक खण्ड अन्तर्गत कुइरेपानीमा सडक अवरुद्ध गरेका छ्न्।



लाइभदाङ । २६ आश्विन २०८३, सोमबार ०८:५५ बजे