
तुलसीपुर, २४ असोज ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दाङ आउने भएका छन् । यही असोज २८ गते दाङ आउन लागेका हुन् ।
लमहीमा श्रमदाताहरुसंग भेट्नकालागि उनी यहाँ आउन लागेका हुन् । त्यस क्रममा उनले दाङको समसामयिक विषयमा छलफल पनि गर्ने पार्टीका प्रदेश सहसचिब टोपबहादुर महताराले बताए ।



लाइभदाङ । २४ आश्विन २०८३, शनिबार २१:०३ बजे