
दाङ, २४ असोज ।
नजिकै स्मार्टसीप । त्यसमै राखिएका गिलास । आफूलाई चिया खान मन लागेमा गिलास निकाल्ने अनि कुन चिया खाने वा कफि त्यो छान्ने । त्यसपछि डिजिटल कार्ड वा क्युआरबाट स्क्यान गरेर पैसा तिर्ने । पैसा तिरे लगतै आफूले छानेको चिया वा कफि आउछ । यही प्रबिधिको तुलसीपुरमा बीएसबी ग्रुप अफ कम्पनीजले प्रदर्शन ग¥यो । उक्त कम्पनीले चिया तथा कफी भेन्डिङ मेसिन सार्वजनिक गरेको हो ।
व्यावसायिक प्रतिष्ठान, कार्यालय तथा अस्पतालजस्ता सार्वजनिक स्थलहरूको आवश्यकतालाई मध्यनजर गरी निर्माण गरिएको सिइयो विवेक पाण्डेले बताए ।
पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित यस मेसिनबाट पेय पदार्थ लिन अत्यन्तै सजिलो छ। यसमा प्रयोगकर्ताका लागि क्यूआर कोड स्क्यान गर्ने वा विशेष कार्ड प्रणाली गरी दुईवटा मुख्य भुक्तानी विकल्पहरू उपलब्ध गराइएका छन् । मेसिनको तोकिएको स्थानमा डिस्पोजेबल कप राखेर टच स्क्रिन डिस्प्लेमा गएर मिल्क कफी, ब्ल्याक चिया, कार्डमम मिल्क चिया वा सुगर फ्रि कफीमध्ये आफ्नो रोजाइको पेय पदार्थ छनौट गर्न सकिन्छ। त्यसपछि मोबाइल एपमार्फत क्यूआर कोड स्क्यान गरेर वा कम्पनीसँग लिङ्क गरिएको कार्ड टच गरेर सजिलै भुक्तानी गर्न मिल्छ। भुक्तानी सम्पन्न हुनेबित्तिकै मात्र ३ देखि ५ सेकेन्डको छोटो समयमै तात्तातो चिया वा कफी कपमा तयार भएर आउँछ।
विशेषगरी अस्पतालहरूमा दिनरात नभनी जुनसुकै बेला सेवा लिनुपर्ने बिरामी तथा कुरुवाहरूका लागि यो मेसिन निकै उपयोगी हुने उनले बताए । यसमा रहेका चारवटा कन्टेनरहरूमा विभिन्न चिया वा कफीका पाउडरहरू राख्न सकिने हुँदा ग्रिन टीदेखि विभिन्न आयुर्वेदिक चियाका परिकारहरू समेत एकै ठाउँबाट सहजै उपलब्ध हुने उनको भनाई छ
त्यस्तै कम्पनीले स्वास्थ्य सेवालाई ध्यानमा राख्दै विद्यालय र सार्वजनिक स्थलहरूका लागि स्वचालित स्यानिटरी प्याड वितरण गर्ने कवच भेन्डिङ मेसिन र प्रयोग भइसकेका प्याडको स्वच्छ व्यवस्थापन गर्ने भस्म मेसिन पनि प्रदर्शन गरिएको थियो ।
साथै, ठूला कार्यालय तथा सार्वजनिक भवनका लागि हाइड्रोफ्रस्ट वाटर कुलर र अस्पताल तथा शवगृहका लागि तापक्रम नियन्त्रित शवघर मोच्र्युरी फ्रिजर जस्ता पूर्वाधारयुक्त उपकरणहरू समेत बजारमा ल्याएको जनाएको छ ।
त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब केशवराज केसीले प्रबिधियुक्त ब्यबसायले सहज बनाउने बताए ।
गेहेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ठाकुर डाँगीले गरेका थिए ।



लाइभदाङ । २४ आश्विन २०८३, शनिबार २२:३२ बजे