गठबन्धनले घोराहीमा उम्मेदवारसहित घरदैलो गर्ने

घोराही, २८ कात्तिक /
लोकतान्त्रिक गठबन्धनले घोराहीमा घरदैलो कार्यक्रम गर्ने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ मा भोली मंगलवार संयुक्त रुपमा घरदैलो कार्यक्रम गर्ने गरिने भएको हो ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ ९१० को आयोजनामा घोराहीमा घरदैलो कार्यक्रम हुने संयुक्त निर्वाचन परिचालन समितिका संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।


विहान ११ बजेदेखी घोराहीको ट्राफिक चोकबाट घरदैलो कार्यक्रम सुरु हुने उहाँले जानकारी दिनुभयो । उम्मेदवारसहित हुने घरदैलो कार्यक्रममा उपस्थितिकालागी उहाँले सम्पूर्ण गठबन्धन दलका नेता कार्यकर्ता एवं मतदाताहरुमा अनुरोध गर्नुभएको छ ।