प्रमोद आचार्य
दंगीशरण,२१ बैशाख ।
पतंजलि योग जिल्ला समिती दाङको आयोजना, पतंजलि योग शिवशक्ती साधनाकेन्द्र बाँकि बेटारपुरको ब्यबस्थापन तथा पतंजलि योग समिती नेपालको तत्ववधनमा सहयोग शिक्षक दिक्षान्त समारोह दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
दिक्षान्त समारोह पतंजलि योग समितिका दाङका अध्यक्ष उदय बहादुर डाङ्गीको अध्यक्षता,पतंजलि योग समितीका केन्द्रिय मुख्य प्रभारी लव देव मिश्रको प्रमुख आथित्यता, तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिस्ट आथित्यतामा सम्पन्न भएकोथियो ।
दिक्षान्त समारोहमा बोल्दै पतंजलि योग समिती नेपालका मुख्य केन्द्रिय प्रभारी लवदेव मिश्रले सरीरको उपचार गरेर थाकेका ब्यक्तिको अन्तिम बिकल्प योग र ध्यान रहेको बताउनुभयो । निद्रा अल्छीपना र आल्स्यतालाई हटाउन योग अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
समाजलाई स्वस्थ र संस्कारयुक्त बनाउन अब हरेक विद्यालायका शिक्षक तथा हरेक समुदायका अभिभावक तथा नागरीकमा योगको महत्त्व जागरुक हुन आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाको हरेक नागरीकसम्म योग कक्षा पु¥याउनु आजको प्रमुख आवश्यकता रहेको प्रमुख अथिती मिश्रको भनाइथियो ।
कार्यक्रममा बिशिस्ट अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएर आइसकेपछी पहिलो वर्षमा ३ वटा योगहल निर्माण गरेको बताउनुभयो । यो वर्ष २ वटा हल निर्माणाधिन अवस्थामा रहेको र दंगीशरण गाउँपालिकामा ४ वटा कक्षाहरु संचालनमा रहेको समेत जानकारी गराउनुभयो ।
नैतिक शिक्षा हराउनुले पनि आजभोलिका बालबालिकामा संस्कारको कमि आएको उहाँको भनाइथियो । संस्कारयुक्त र सुशासनयुक्त समाज निर्माणका लागी आफु सदैव लागि परेको अध्यक्ष गिरीको भनाइथियो ।
कार्यक्रममा बोल्दै पतंजलि योग समितीका लुम्बिनि प्रदेश प्रशिक्षण रप्रशिक्षक विभाग प्रमुख दिपक बस्यालले पतंजलि योग समिती नेपाल समाज सेवा र देश निर्माणको सवालमा बिना स्वार्थ स्वयंसेवकको रुपमा लाग्ने सस्था रहेको बताउनुभयो। चरीत्रवान ,नैतीकवान र संस्कारयुक्त निरोगि नागरीक उत्पादनको बाटोमा आफुहरु हिडिरहेको उहाँको भनाइथियो ।
दंगीशरण गाउँपालिकाका २७ जना योग शिक्षकहरुलाइ दिक्षित गरीएको हो । पतंजलि योग समिती नेपालका मुख्य केन्द्रिय प्रभारी लवदेव मिश्रको प्रमुख आथित्यतामा २७ जना योग शिक्षकहरुलाई दिक्षित गरीएकोथियो ।
पतंजलि योग समिती दाङका सहप्रभारी बिनोद चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण पतंजलि योग समिती नेपाल दाङका महासचिव माधव सुबेदीले गर्नुभएको थियो ।
लाइभदाङ । २१ बैशाख २०८१, शुक्रबार १७:२६ बजे