आगलागीबाट निसास्एिर मृत्यु भएका पाँच जनाको पहिचान खुल्यो

दीपक बोहरा
दाङ,२८ माघ । दाङको तुलसीपुर उपमहानगरपाकिा वडा नं. ५ ‘ङ’ लाईन स्थित एक घरमा भएको आगलागीबाट मृत्यु भएको पाँचै जनाको पहिचान भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा दुई परिवारका पाँचजना रहेका छन् ।

एउटा परिवारका दुईजना र अर्को परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल सोही घरमा भाडामा बस्दै आएका ४० बर्षीय नगरदिन अलि, उनका १३ बर्षीया छोरी सुजिता खातुन अली र ५ बर्षीय छोरा अविददिन अलि रहेका छन् । त्यस्तै सुर्खेत घर भई हाल भाडामा बस्दै आएका १६ बर्षीय मसिन बकस र उनका भाई १४ बर्षीय हसन बकस रहेका छन् । बकस जुत्ता, चप्पल पसल सञ्चालकका छोराहरु हुन् ।

त्यो घर बैंकका पूर्व कर्मचारी बक्सबहादुर केसीको हो । तर, त्यो घरमा सबै भाडामा लिएर बस्थे । तल्लो तलामा अगाडी चप्पल पसल र पछाडी गोदम थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । सोही घरमा शुक्रबार विहान २ बजेतिर आगलागी भएको हो । आगो कम भएपछि साढे ७ बजेतिर शब निकालिएको हो । मतक मध्ये घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनालाई निकालिएको हो । पाँचै जना निसास्एिर मृत्यु भएको प्रहरीले बताएको छ ।‘तेस्रो तलामा रहेकाहरु निसास्एिर मृत्यु भएको जस्तो देखिन्छ’प्रहरी भन्यो‘चौथो तलामा रहेकाहरु अलिअलि जलेका पनि छन् ।’ इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो ।


इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो । पहिलो तलाबाट आगलागी सुरु भएको हो ।

शोकमा बजार बन्द हुने
साथै शोकमा तुलसीपुर बजार बन्द हुने भएको छ ।शुक्रबार तुलसीपुर बजार बन्द गरिएको तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब विनिल केसीले बताए ।