छतमा गितार राख्ने क्रममा करेन्ट लाग्दा मृत्यु

तुलसीपुर
१९ असोज / दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको रा १ ख ११२६ नम्बरको बसको छतमा गितार राख्ने क्रममा हाईटेन्सन लाईनले छुदा करेन्ट लागेको थियो ।

करेन्ट लागेर रुकुम पश्चिमको मुसीकोट नगरपालिका– १० निबासी १८ बर्षीय रमेश खड्काको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।


गएराति साढे ११ बजे टाउकोमा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । बसलाई प्रहरीचौकी कपुरकोटले नियन्त्रणमा लिएको छ ।