फोरलेन सडक बनाउन नवनिर्वाचित सांसदले थाले पहल

दाङ, १० मंसिर ।
नव निर्वाचित सांसदहरुले अलपत्र अबस्थामा रहेको घोराही–तुलसीपुरको फोरलेन सडक बनाउन पहल थालेका छन् । नवनिर्वाचित सांसदहरुले आज घोराहीमा प्रमाणपत्र बुझ्दै अलपत्र सडक बनाउन चासो देखाएका हुन ।

मुख्य निर्वाचित अधिकृत कृपासुर कार्कीले प्रमाणपत्र हस्तान्तरण गरे लगत्तै आयोजित सर्वपक्षीय बैठक बसेको थियो । जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायका प्रमुख, सडक डिभिजन कार्यालय र ठेकदारको बैठक संयुक्त रुपमा बसेको थियो ।


बैठकमा बोल्दै नवनिर्वाचित सांसद रेखा शर्माले घोराही तुलसीपुरको फोरलेन सडकको काम थाल्ने उल्लेख गर्नुभयो ।भोली नै काठमाडौबाट फोरलेन सडकका बिषयका छलफल गर्न मन्त्रालयको टोली दाङ हिडेको नवनिर्वाचित सांसद रेखा शर्माले जानकारी दिनुभयो ।