मुगुका दलित बालिकालाई शान्ति समाज द्वारा छात्रवृत्ति प्रदान

अमृतकाजी शर्मा
दाङ, २७ असोज ।
मानव अधिकार तथा शान्ति समाजले मुगुका १० विद्यालयका दलित समुदायका विपन्न २० जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । प्रती ब्यक्ती नगद रु। १० हजारका दरले रु. २ लाखको छात्रवृत्ति प्रदान गरेको हो । मानव अधिकार तथा शान्ति समाजले २०८३ को छात्रवृत्ति वितरण गरिएको हो । मुगु शाखा सभापति चित्रबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रिय महासचिव प्रकाश शाही लगायतले शान्ति समाजको जलवायु न्याय र सद्भाव प्रवद्र्धन अभियानबारे प्रकाश पार्नुभएको थियो ।


शान्ति समाजले २०८० सालदेखि लगातार तीन वर्षसम्म छोरी पढाऔँः गरिमा बढाऔँ भन्ने आह्वानसहित कर्णालीका बिपन्न दलित बालिकाहरूलाई २७ लाख ९६ हजारको छात्रवृत्ति प्रदान गरि सकेको मानब अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रेणुका पौडेल बताउनु भयको छ । सोही कार्यलाई निरन्तरता दिन २०८२ सालमा शान्ति समाजले स्थापना गरेको अक्षयकोषबाट प्राप्त हुने व्याज रकमबाट विकट कर्णालीका २० जना बालिकालाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको हो । शान्ति समाजका सदस्य एबम् सुभेच्छुकले जम्मा गरेको अक्षयकोष मार्फत समाजले दुर्गम तथा आर्थिक रुपमा बिपन्न परिवारका बालिकाको शिक्षामा पहुँच बढाउने उदेश्यले कर्णाली केन्द्रित दलित बालिकालाई छात्रवृत्ति प्रदान गर्दै आयको केन्द्रिय महासचिव प्रकाश शाहीले बताउनु भयको छ ।