रोग पालेर बस्नेहरुलाई स्वास्थ्य शिविरको खुसी

दीपक बोहरा
दाङ, २ मंसिर । दाङको विकट बबई गाउँपालिका वडा नं.७ निवासी बमबहादुर बुढा एक हातमा लठ्ठी र अर्को हातमा औषधी लिएर खुसी हुँदै घर फर्किदै थिए । आँखा कम देख्ने, दुःख्ने गर्दा पनि सजिलै अस्पताल जान सक्ने अबस्थामा थिएन । तर, शनिबार गाउँमै स्वास्थ्य शिविर भएपछि उनको खुसीको सीमा नै थिएन ।

त्यस्तै सोही ठाउँका टोपबहादुर बस्नेत पनि आफ्नो काम छोडेर उपचारकालागि लाइनमा थिए । पेटको समस्याले सताएकाउहाँ पनि गाउँमै उपचार पाउँदा निकै खुसी थिइँन ।

महिनावारी गडबडीले लामो समय सताएकी दिला घर्ती पनि गाउँमै बिशेषज्ञ चिििकत्सकको निःशुल्क उपचार पाएपछि खसुी थिए । उनीहरु मात्रै होईन्, दाङको कर्णाली भनेर चिनिने सोही ठाउँमा स्वास्थ्य सुविधा पाउँदा त्यहाँका नागरिक खुसी थिए ।

अस्पताल जान खोज्दा पनि सहज नहुँने त्यही ठाउँका नागरिकका लागि शनिबार स्वास्थ्य शिविर भएपछि बरदान सावित भयो ।“हामी चाहेको बेला अस्पताल जान सक्दैनौं, गाउँमा एउटा स्वास्थ्य संस्था छ, त्यसमा भनेजति औषधी पनि पाइदैन”, बुढाले भने “स्वस्थ्य शिविर आएपछि हामीले गाउँमै सेवा लिन पायौं ।”

त्यो ठाउँमा अहिलेसम्म पनि बिशेषज्ञ चिकित्सकले पाइला टेकेका थिएनन् । स्त्रीरोग बिशेषज्ञ,फिजिसिएन, आँखा रोग बिशेषज्ञ, दन्तरोग विशेषज्ञहरु सोही ठाउँमै पुगेर सेवा दिएपछि त्यहाँका नागरिकले स्वास्थ्य जाँच गराएर औषधी पाएका थिए ।

सोही शिविरबाट एक सय ७० बढिले स्वास्थ्य बिभिन्न स्वास्थ्य सुविधा र औषधी लिए । लामो समयदेखि स्वास्थ्य सुविधा नपाउदा रोग पालेर बसेको अबस्थामा नागरिक भेटिएको डा. निशा खनालले बताईन ।“उपचारमा आएका मध्ये अधिकांसको दाँत हेरेँ, सबैको दाँतमा समस्या देखियो”,उनले भनिन् ।

तुलसीपुर नगरजेसिजले बिभिन्न कार्यालय तथा संघसंस्थाको सहयोगमा गरेको स्वास्थ्य शिविरमा पुरै शरिरी जाँच गर्ने अवसर प्रदान भएको थियो । करिब दुईसय घर धुरी रहेको त्यो ठाउँमा लामो समयदेखि रोग पालेर बसेको हुन सक्ने भन्दै त्यसलाई सहजीकरण गर्न उक्त शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष पूर्णबहादुर डाँगीले बताए ।“सुगममा धेरै स्वास्थ्य शिविरहरु हुन्छन्, तर, विकट क्षेत्रमा यस्ता स्वास्थ्य शिविर नहुँदा धेरै ब्यक्त रोग पालेर बसेका हुनसक्छन् भन्ने हामीलाई लाग्यो”,उनले भने “त्यसैलाई मध्यनजर गरि स्वास्थ्य शिबिर आयोजा ग¥यौं ।” मलैको देउती माविमा स्वास्थ्य शिविर भएको हो ।


शिबिरमा जनरल फिजिसियन डा.सन्दीप खड्का, अर्थोपेडिक डा.रुपेशमान शेरचन, गाइनोकोलोजिष्ट डा. शिशिर कुँवर, अर्थोपेडिक डा. निश्चल शर्मा, राप्ती आँखा अस्पताल डा.ओमप्रकाश यादव, मनकामना डेन्टलका डा.निशा खनालसहितको टिमले सेवा प्रदान गरेको कार्यक्रम संयोजक बसन्त योगीले बताए ।

बबई गाउँपालिका वडा नम्बर ७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, मेट्रो सिटी पोलिक्लिनिक तुलसीपुर,तुलसीपुर सिटी हस्पिटल, राप्ती आँखा अस्पताल रक्षाचौर, मनकामना डेण्टल प्रालि तुलसीपुर, रौनियार पोलिक्लिनिक प्रालि तुलसीपुरको प्राविधिक सहयोगमा शिविर भएको हो ।

त्यस अवसरमा गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले यसरी विकट क्षेत्रमा स्वास्थ्य शिविर गर्दा गाउँका नागरिकले सेवा पाउने बताए ।

कार्यक्रम संयोजक बसन्त योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, दिपेश भण्डारी, मोहन सुनार, केशवराज केसी, पत्रकार दिपक बोहरा लगायत मन्तब्य ब्यक्त गरेका थिए ।

शिविर उद्घाटन कार्यक्रममा तुलसीपुर नगर जेसिजका कानुनी सल्लाहकार माधव प्रसाद न्यौपाने (समिर) आस्थापाठ गरेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिजका अध्यक्ष सल्लाहकार बुद्धि सापकोटाले गरेका थिए ।