लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिदै

दीपक बोहरा
दाङ,२० चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते विहीबार विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारका प्रबक्ता तथा गृहन्मन्त्री सन्तोष कुमार पाण्डेयका अनुसार विहीबार ४ बजे विश्वासको मत लिने तयारी रहेको छ । त्यसकालागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश पठाएको समेत प्रबक्ता पाण्डेयले बताए ।

केन्द्रमा सत्ता समिकरण फेरिएसंगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वटा दुई भन्दा बढि पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्राबधान छ । सोही अनुसार २२ चैतमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।


लुम्बिनीमा एमालेका २९, काँग्रेसका २७, माओवादी केन्द्रका १०(सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तीका ४÷४ जना सांसद हुन । तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३÷३ जना सांसद छन्, भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १÷१ जना सांसद छन्, भने एक जना स्वतन्त्र सांसद छन् ।

एमाले, माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ती पार्टी र एकीकृत समाजवादी पार्टी हुँदा नयाँ समीकरण अनुसार बनेको गठबन्धनको बहुमत पुग्ने देखिन्छ ।