दाङमा काँग्रेस ५, माओवादी ३ र एमाले १ स्थानीय तहमा अगाडी

दाङ,१ जेठ ।

दाङका ९ वटै पालिकामा मतगणना जारी छ । आईतबार दिउसो ४ बजेसम्मको मतपरिणाम अनुसार दाङका धरै पालिकामा काँग्रेसले अग्रता लिएको छ । काँग्रेसले पाँच र माओवादी केन्द्रले तीन र एमालले एक पालिकामा अग्रता कायम गरेको छ । मत परिणाम अनुसार सत्तापक्ष गठबन्धन भएको घोराही उपमहानगर र बंगलाचुली गाउँपालिका र राप्ती गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । त्यस्तै लमही नगरपालिकासहित बबई, दंगीशरण,गढवा र शान्तिनगर गाउँपालिकामा गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ, भने एमालेले राजपुर गाउँपालिकामा अग्रता लिएको छ ।

सत्तापक्ष गठबन्धन भएको घोराही उपमहहानगरपालिकाकाको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा पोखरेल निकटतम प्रतिद्वन्दी एमालेका नरुलाल चौधरी भन्दा २२७ मतले अघि छन् । शर्माले ५३६४ मत प्राप्त गरेका छन्, भने चौधरीले ५१३७ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा पनि गठबन्धनका तर्फबाट काँग्रेसका भुपबहादुर डाँगी अगाडी छन् ।

घोराहीसंगै गठबन्धन भएको बंगलाचुली गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुवास पुनले अग्रतालाई कायम राखेका छन् । उनी फराकिलो मतान्तरले अगाडी छन् । यस अघि पनि बंगलाचुलीमा माओवादी केन्द्रले नै जितेको थियो । बंगलाचुलीमा पुनले सुरुवात देखि नै अग्रता कायम राखेका हुन् ।

त्यस्तै राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवातदेखि नै अग्रता कायम गरेको छ । त्यहाँ माओवादी केन्द्र र जनमोर्चाबीच गठबन्धन भएको छ । पछिल्लो मत परिणाम अनुसार राप्तीमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदावर प्रकाश विष्टले २१८५ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका जगत पोखरेलले १६४९ मत प्राप्त गरेका छन् । सोही गाउँपालिकामा यस अघि काँग्रेसले विजयी हाँसिल गरेको थियो । तर, अहिले तेस्रो स्थानमा छ । काँग्रेसका जगदम्वा कुमारी चौधरीले ११८७ मत प्राप्त गरेकी छन् । उनी यस अघि गाउँपालिकाको उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा भने एमालेकी कमलापति चौधरीले अग्रता कायम गरेकी छिन् । उनले १७६२ मत प्राप्त गरेकी छिन्, भने काँग्रेसका हरि भुषालले १५२६ र गठबन्धनबाट जनमोर्चाका केशव भुषालले १४२९ मत प्राप्त गरेका छन् ।

लमही नगरपालिकामा काँग्रेसका जोगराज चौधरीले अग्रता कायम राखेका छन् । उनले १६१० मत प्राप्त गरेका छन्, भने माओवादी केन्द्रका बसन्तराज शर्माले ११४३ मत प्राप्त गरेका छन् । लमहीमा यस अघि एमालेले विजयी हाँसिल गरेका थियो । अहिले एमाले तेस्रो नम्बरमा छ ।


पश्चिम दाङको बबई गाउँपालिकामा अग्रतालाई कायम राखेको छ । काँग्रेसका उम्मेदवार कुलबहादुर खत्रीले २४०० मत प्राप्त गरेका छन्, भने एमालेका भुवनेश्वर पौडेलले १५८२ मत प्राप्त गरेका छन् । पौडेल यस अघि पनि गाउँपालिका अध्यक्ष थिए । त्यस्तै उपाध्यक्षम पनि काँग्रेसका बमकुमारी खड्काले २२२९ मत प्राप्त गरेकी छन्, भने एमालेका सावित्रा विकले १५८७ मत प्राप्त गरकी छन् । उनी यस अघि पनि उपाध्यक्ष थिइन् ।

त्यस्तै दंगीशरण गाउँपालिकामा पनि काँग्रेसको अग्रता छ । अध्यक्षका उम्मेदवार शम्भु गिरीले २२०७ मत प्राप्त गरेका छन्, भने एमालेबाट अध्यक्षका उम्मेदवार मेघनाथ शाहले १९३३ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा पनि काँग्रेस पिमाकुमारी खड्का नै अगाडी छन् । उनले १९४४ मत प्राप्त गरेकी छिन्, भने एमालेका बुधनी चौधरीले १७३७ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा सुरुवातिमा काँग्रेस अघि थियो । बीचमा माओवादीले उछिनेपनि पुनः अहिले काँग्रेस अगाडी छ । काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले १३२१ मत प्राप्त गरेका छन्, भने माओवादी केन्द्रका उम्मेदवार मोहन वलीले १२७६ मत प्राप्त गरेका छन् । यस अघि शान्तिनगरमा काँग्रेसले विजयी हाँसिल गरेको थियो ।

गढवा गाउँपालिकामा माओवादी केन्द्र र काँग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुवातीमा काँग्रेसबाट अध्यक्षका उम्मेदवार सर्वजित डीसीले अग्रता लिएका थिए, भने बीचमा पुनः माओवादी केन्द्रका उम्मेदवार यामनारायण शर्माले अग्रता लिएका थिए । पछिल्लो मतपरिणाम अनुसार पुनः डीसीले अग्रता कायम गरेका छन् । डीसीले ११२३ मत प्राप्त गरेका छन्, भने शर्माले १११६ मत प्राप्त गरेका छन्, त्यहाँ कडाप्रतिस्पर्धा देखिएको छ ।

उक्त गाउँपालिकामा यस अघि एमालेका सहजराम यादवले जितेका थिए । उनै यादव अहिले पनि उम्मेदवार छन्, भने उनी अहिले तेस्रो नम्बरमा छन् । उनले ८९३ मत मात्रै प्राप्त गरेका छन् । गढवामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन छ । उपप्रमुखमा पनि काँग्रेसकै शारदा कुमारी चौधरी अगाडी छन् । उनले १०९८ मत प्राप्त गरेकी छन्, भने एमालेका सीता कुमारी चौधरीले ९८७ तथा एकीकृत समाजवादीका शान्ति चौधरीले ७२२ मत मात्रै प्राप्त गरेकी छिन् । शान्ति यस अघि पनि गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

त्यस्तै राजपुर गाउँपालिकामा सुरुवातिमा माओवादी केन्द्र अघि रहेपनि पछिल्लो मत परिणाम अनुसार एमाले अघि छ । एमालेका कुलराज गिरी ११६० मत प्राप्त गरेका छन्, भने माओवादी केन्द्रका चक्रबहादुर खड्काले ९८४ मत प्राप्त गरेका छन् । सोही गाउँपालिकामा सय अघि काँग्रेसले विजयी हाँसिल गरेको थियो ।

जिल्लाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहमा मतगणना कार्य जारी छ । तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गते मात्रै मतगणना हुनेछ ।