शंकर पोखरेलले स्थानीय चुनाबमा एमालेले पाएको मत पनि पाएनन्

दाङ, ८ मंसिर ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहका वडाहरूमा पाएको मत समेत जोगाउन नसक्दा पराजय व्यहोरेका छन्।

स्थानीय तहको निर्वाचनमा दाङ क्षेत्र नं. २ का वडाहरूमा नेकपा एमालेले ३३ हजार ५ सय ३८ मत पाएको थियो।

तर पोखरेलले २६ हजार ६ सय ८१ मत मात्रै पाए। जबकि पोखरेललाई हराउने नेकपा माओवादी केन्द्रकी रेखा शर्माले २६ हजार ८ सय ८७ मत ल्याएकी छन्।


पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले पाएको मत मात्रै जोगाउन सकेको भए उनले सजिलै जित्ने थिए। पोखरेलको हारको पछाडि राष्ट्रिय स्वतन्त्र पार्टी पनि देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १५ हजार ८ सय ५८ मत ल्याएका छन्।