प्रतिष्ठानमा ‘पीजी’ तहको अनुमति

दाङ,२२ मङ्सिर ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘पीजी’ तहको अध्यापनकालागि अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको ४ सिट प्रतिष्ठानलाई दिएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार एमडिजिपिमा २, अर्थोपेडिकमा १ र प्रसुतीमा १ गरेर ४ सिट प्राप्त गरेको हो । प्रतिष्ठानले यस अघि बिएस्सि र बिएनएस नर्सिङको पढाई सुरु गरेको छ । जसमा अब दोस्रो ब्याजको पढाईकालागि भर्ना कार्यक्रम सुरु भएको सूचना अधिकारी भट्टराइले बताउनुभयो ।


प्रतिष्ठानमा चिकित्सकको स्नातकोत्तर तह एमडिएमएसको पढाई सुरु हुनु दाङकालागि खुसीको कुरा भएको उपकुलपती डा. बिकास लामीछानेले बताउनुभयो । साथै उहाँले अब छिट्टै एमविविएसका कार्यक्रम पनि सुरु गर्ने गरि प्रक्रिया अगाडी बढाईएको बताउनुभयो ।