सेवा आयोगका पदाधिकारीहरुलाई कार्वाहीको माग

दाङ, ९ भदौ ।
नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगले खुलाएको सह–प्राध्यापक, उप–प्राध्यापक, बरिष्ठ प्रशिक्षक तथा केही कर्मचारी भर्ना छनौटका लागि निर्धारण गरेको परिक्षा अगावै प्रश्न पत्र बाहिरिए पछि अखिल क्रान्तिकारी दोषीलाई कार्वाहीको माग गरेको छ ।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष तथा सदस्यहरुको मिलोमतोमा प्रश्न पत्र बाहिएकाले दोषीलाई कार्वाहीको माग राख्दै अखिल क्रान्तिकारीले प्रधानमन्त्री एवं विश्वविद्यालयका कूलपति पुुष्पकमल दाहाललाई ज्ञापन पत्र पठाएको छ ।

केन्द्रीय विद्यापीठ बेलझुण्डी विष्णुु चौधरी, अखिल क्रान्तिकारी केन्द्रीय आयुर्वेद विद्यापिठ मुल ईकाइ समितिका अध्यक्ष गणेश पौडेल र नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटिका प्रमुख सचिव संयुक्त रुपमा हस्ताक्षर ज्ञापनपत्रमा नेपाल संस्कृत विश्वविद्यालयका सेवा आयोगका पदाधिकारीहरुले आफ्ना मान्छेहरुलाई जागिर खुवाउने मानसिकताले ‘सेटिङ’मा परिक्षा अगावै प्रश्नपत्र बाहिर ल्याएको उल्लेख गरिएको छ ।


सेवा आयोगको गरिमा र अस्तित्व माथि आँच आउने गरी पदाधिकारीहरुले गरेको उक्त गैरकानूनी कार्यप्रति आपत्ती जनाउदै दोषी माथि छानबिन गरी कार्वाही माग राख्दै अखिल क्रान्तिकारीले ज्ञापन पत्र बुझाएको हो ।