दाङमा ७५ बर्षीय बाजेले गरे ७ बर्षीया नातिनी बलात्कार

तुलसीपुर, ४ जेठ । दाङमा ७५ बर्षीय एक जेष्ठ नागरिकले नातिनी माथि बलात्कार गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार तुलसीपुर उपमहानगरपापिलका वडा नं. १७ बनकट्टा निवासी ७५ बर्षीय एक जेष्ठ नागरिकले ७ बर्षीया नातिनी माथि बलात्कार गरेका हुन् ।


शनिबार अपरान्ह ४ बजेतिर नातिनी बाख्रा चराउन गएको बेलामा पानी तिर्खा लागेर पीडक बाजेको घरमा जाँदा चक्लेट खाने पैसा दिन्छु भनि जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

प्रहरीमा उजुरी परेपछि पीडकलाई पक्राउ समेत गरिएको छ । उनलाई ५ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ । बालिकाको स्वास्थ्य परिक्षण पश्चात हजुर आमाको जिम्मा लगाइएको छ ।