दाङमा बसको ठक्करबाट साईकल यात्रुको मृत्यु

तुल्सीपुर, २८ फागुन । दाङमा बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ ।

लमही नगरपालिका ४ निवासी करिब ४० वर्षीय हरिप्रसाद पौडेल साईकलबाट घर फर्किदै गर्दा बसले ठक्कर दिदा मृत्यु भएको हो ।

बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे१ख ३९९८ नम्बरको बसले लमही नगरपादिलका ३ वनगाउँ नजिक पौडेललाई बसले ठक्कर दिएको थियो। घाइते पौडेललाई उपचारका लागि लमही अस्पताल पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।