दाङमा कसका कति वडा ?

दीपक बोहरा
दाङ,१२ जेठ ।
दाङमा २०७४ सालको स्थानीय तह निर्वाचनम सबै भन्दा बढि वडा काँग्रेसले जितेको थियो । जतिबेला काँग्रेसले ४२, एमालेले ३१ र माओवादी केन्द्रले २६ वटा वडा जितेको थियो, भने एउटा वडा स्वतन्त्रले जितेको थियो ।

यस पटकको स्थानीय तहको निर्वाचनमा भने सबै भन्दा धेरै एमालेले वडाहरु जितेको छ । एमालेले ४०, काँग्रेसले ३७ र माओवादी केन्द्रले १९ वटा वडा जितेको छ । त्यस्तै एकीकृत समाजवादी र जनमोर्चाले १/१ तथा स्वतन्त्रले दाङमा २ वटा वडा जितेको छ ।


No photo description available.

साभारः अग्रिम साप्ताहिक