घोराही–तुलसीपुर खण्डको केहि क्षेत्रमा विद्युत् अवरुद्ध हुने

तुलसीपुर,४असार ।
घोराही–तुलसीपुर सडक खण्डमा रुख कटान गर्नुपर्ने भन्दै आज केही घण्टा विद्युत सेवा अवरुद्ध भएको छ ।

सडक विस्तारको क्रममा अवरोध बनेका रुखहरू हटाउन लागिएकाले नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रको मानपुर बिजौरी फिडर अन्तर्गतका क्षेत्रमा लाइन काटिएको हो ।


प्राधिकरणका अनुसार आज बिहान साढे ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ । रुख कटानका कारण तुलसीपुरको हेमन्तपुर, वनकटी, निमुवा र त्यस आसपासका क्षेत्रहरू प्रभावित हुनेछन् ।

निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा लाइन तुरुन्तै सुचारु गरिने समेत प्राधिकरणले जनाएको छ