जनयुद्धका घाइतेकालागि स्याहार केन्द्र निर्माण गर्न बजेट आएको छ : मन्त्री मास्की

तुलसीपुर, ३० असार । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जनयुद्ध तथा जनआन्दोलनका घाईत स्याहार केन्द्रको अध्ययन तथा निर्माणकालागि बजेट बिनियोजन गरिएको बताएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं.१३ स्थित शहीद स्मृति प्रवेशद्वावरको उद्घाटन गर्दै मन्त्री मास्कीले आफुले लुम्बिनी प्रदेश सरकारबाट यस्ताे स्याहार केन्द्रकालागि दुई करोज बजेट छुट्याएको बताए ।

त्यस्तै शसस्त्र द्वन्दका क्रममा घाईते तथा अपाङ्ग भएकाहरुको उपचारकालागि ५० लाख, द्वन्द प्रभाबितलाई स्वरोजगारमा जोड्न २० लाख र शसस्त्र द्वन्दका शहीद परिवारलाई स्वास्थ्य बीमाकालागि २० लाख बजेट छुट्याएको बताए ।


शहीदका छोरा मदन घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीलगायत मन्तब्य ब्यक्त गरेका थिए ।

 यस्ताे छ,लुम्बिनी प्रदेशवाट आएको बजेटः

जनयुद्ध,जनआन्दोलनका घाइते स्याहार केन्द्रको अध्ययन तथा निर्माण २ करोड
शसस्त्र द्वन्दका क्रममा घाइते तथा अपाङ्ग भएकाहरुको उपचार ५० लाख
द्वन्द प्रभावित स्वरोजगार कार्यक्रम २० लाख
शसस्त्र द्वन्दका शहीद परिवारलाइ स्वास्थ्य बीमा २० लाख