
दाङ, २७ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनार काठमाडौँ फर्किएका छन्।
कार्यक्रमको सिलसिलामा दाङ पुगेका सुनार पार्टीको निर्देशनपछि मंगलबार काठमाडौँ फर्किएका हुन्। उनी नेपालगन्ज हुँदै काठमाडौँ फर्किएका रास्वपा दाङ सभापति किरण खनालले जानकारी दिए ।
उनले भने, उहाँको कार्यक्रम पार्टी कार्यालयमा थियो । तर पार्टीको निर्देशन आएपछि कार्यक्रममा उपस्थित नभई काठमाडौँ फर्किनुभयो ।
एक महिलासँगको भनिएको अश्लील अडियो सार्वजनिक भएपछि पार्टीले सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो ।



लाइभदाङ । २७ आश्विन २०८३, मंगलवार २०:२८ बजे