जीप दुर्घटना अपडेटः गम्भीर घाइते केसीको मृत्यु

दाङ, २० साउन । दाङमा यात्रुबहाक जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका सल्यान त्रिबेणी गाउँपालिका ३ टोट्केका ४६ बर्षीय यम बहादुर केसीको मृत्यु भएको छ ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । टाउको र छातिमा चोट लागेका उनको सोमबार राति पौने ११ बजेतिर मृत्यु भएको हो ।

दुर्घटना हुँदा अन्य ६ जना घाइते भएका छन् । आईतबार साँझ साढे ७ बजेतिर तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको जीप शान्तिनगर १ हाँडिचारमा दुर्घटना भएको हो । रा १ ज ७७० नंम्बरको जीप दुर्घटना हुँदा सल्यान त्रिबेणी गाउँपालिका ३ टोट्केका ४५ बर्षीय ऐश्वर्य केसी, सोही ठाउँका ४५ बर्षीया पार्वती केसी, ३४ बर्षीया रेखा ओली घाइते भएका छन् ।


त्यस्तै रुकुम पश्चिम त्रिवेनी गाउँपालिका ३ निवासी २५ बर्षीया सरिता खड्का, सल्यान त्रिबेणी गाउाँपालिका ३ निवासी ३१ बर्षीया रोजिका ओली र लमजुङ मध्य नेपाल नगरपालिका ७ निवासी २४ बर्षीया लिला बास्तोला घाइते भएका छन् ।

ऐश्वर्य र पार्वतीको अबस्था मध्याम छ, भने अन्यको अबस्था सामान्य रहेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जिप आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । दुर्घटना पश्चात चालक फरार छन् ।