अर्थमन्त्री मास्कीले तत्काल बजेट दिएपछि कालोपत्रै हुँदै विश्वविद्यालयको सडक

दाङ, २१ जेठ ।
नेपाल संस्कृत विश्वविद्यालय संस्कृत बाङ्मयको केन्द्र हो । तर, त्यही विश्वविद्यालय सम्म पुग्ने सडक धुलाम्मे हुन्थ्यो । अब धुलाम्मे हुने समस्या अन्त्य हुने भएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट ब्यबस्था गरेपछि सोही सडक कालोपत्रे हुने भएको हो । आर्थिक मामिला मन्त्रालयले त्यसकालागि बजेट ब्यबस्था गरेको छ । संस्कृत विश्वविद्यालय भनेको दाङको गहना भएको भन्दै यसलाई सबै मिलेर जोगाउनु पर्ने समेत मन्त्री मास्कीले बताए ।