तुलसीपुरका ‘हाईप्रोफाईल’ जुवाडेलाई चार दिन थुनामा राख्न आदेश

तुलसीपुर
१४ कात्तिक / तुलसीपुरबाट पक्राउ परेका हाइप्रोफाईलका जुवाडेहरुलाई चार दिन थुनामै राख्न आदेश दिईएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले उनीहरुलाई चार दिन थुनामा राख्न आदेश दिएको हो । पक्राउ परेका एमाले दाङका नेता मानबहादुर रावत, सञ्चार उद्यमी दिपेन्द गिरी‘दिपु’,सुरेन्द्र हमाल, विवेक मल्ल, दिगम्बर गिरी,मिनकेतन गिरीसहित ८ जनालाई कौडा खेलिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।


प्रहरीका अनुसार कात्तिक १२ गते अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो । तुलसीपुर ६ रजौंराबाट उनीहरु पक्राउ परेका थिए ।