तुलसीपुरमा मतगणना सुरु

दाङ,३ जेठ। दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ को मतगणना सकिएसंगै मतगणना कार्य सुरु भएको हो । तुलसीपुर १७ का वडाध्यक्षका एमाले तर्फका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज(बुधबार) मात्रै मतदान भएको हो ।


आज १ बजेदेखि मतगणना कार्य सुरु भएको हो । तुलसीपुरमा पहिलो चरणमा वडा नं. १ र २ को मतगणना हुनेछ । तुलसीपुरमा एक लाख एक हजार चार सय ६० मतदाता मध्ये ७४ हजार तीन सय ३६ जनाले मतदान गरेका छन् ।