तुलसीपुरको पहिलो निर्णय :सुकुम्बासीलाई लालपुर्जा, ज्येष्ठ नागरिकलाई एम्बुलेन्स सेवा

दाङ, १२ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाको प्रथम कार्यपालिका बैठकले भूमीहिन सुकुम्वासीलाई पुर्जा दिने प्रक्रिया अघि बढाउनेदेखि ज्येष्ठ नागरिक, अपाङगता र सुत्करीलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।


नवनिर्वाचित मेयर, उपमेयरसहित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहणपछि बसेको कार्यापालिका बैठकले तत्काल सुकुम्बासीको लगत संकलन अघि बढाउँदै लालपुर्जा वितरण गर्ने पक्रिया अघि बढाउने निर्णय गरेको हो । त्यस्तै बैठकले ७० वर्ष पुगेका जेष्ठ नागरिक, २ महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका सुत्केरी र अपाङगता भएका निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टीकाराम खड्का र उपमेयर स्यानी चौधरीले पदभार गर्दै उक्त निर्णयमा हस्ताक्षर गरेका छन् । तुलसीपुरमा एमालेबाट मेयरमा टीकाराम खड्का र उपमेयर स्यानी चौधरीले गठबन्धनका उम्मेदवारलाई हराउँदै निर्वाचिन भएका थिए ।