निर्माण ब्यवसायि महासंघ लुम्विनि प्रदेशको अध्यक्षमा वलिभद्र राना निर्विरोध

घोराही, १८ फागुन ।
नेपाल निर्माण ब्यवसायि महासंघ लुम्विनि प्रदेशको अध्यक्षमा निर्माण ब्यवसायि वलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन् ।

राना लुम्विनि प्रदेश निर्माण ब्यवसायि महासंघको सस्थापक अध्यक्ष हुन उनि दोस्रो कार्यकालको लागि निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । सुरुको कार्यकाल पनि राना निर्विरोध नै अध्यक्षमा चुनिएका थिए । एमालेवाट राना गएको दाङ क्षेत्र नम्वर २ क वाट प्रत्यक्ष तर्फ प्रदेश सांसदमा प्रतिष्पर्धा गरेका थिए ।


दुई दिन सम्म घोराहीमा चलेको अधिवेसन तथा साधारण सभाले अध्यक्षमा रानाले सर्वसम्मत गराएपनि अन्य पदमा पनि निर्विरोध चयन गर्ने तयारी भइरहेको अधिवेसनमा सहभागि निर्माण ब्यवसायि विमलमान श्रेष्ठले जानकारी दिए । राना सामाजिक क्षेत्रमा पनि कृयाशिल ब्यक्ती हुन ।