
दीपक बोहरा
दाङ, १५ कात्तिक ।
दाङको लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले तोकिएको समयमा काम नगर्ने ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राख्न सिफारिश गरेको छ । र खरिद आयोजनाका अनुसार पटक–पटक म्याद थप गर्नुकासाथै लिखित तथा मौखिक रूपमा ताकेता गर्दा पनि निर्माण कार्य सम्पन्न नगरेपछि ठेक्का रद्द गरी जमानत जफत गरिएको हो।
बबई र राप्ती नदी क्षेत्रका विभिन्न तटबन्ध निर्माण कार्यको जिम्मा पाएका ठेकेदार कम्पनीहरुलाई यसरी कालोसूचिमा राख्न सिफारिश गरिएको हो ।
आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार सामाखुसी, काठमाडौँको वाइबा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको बडहरास्थित तटबन्ध तथा लन्चिङ एप्रोन निर्माण कार्य रहेको छ। त्यस्तै सूर्य/वाइबा कन्स्ट्रक्सन जेभिको बबई नदी अन्तर्गत उराहरी र गोल्टाकुरी खण्डको १२ करोड १४ लाख ५० हजार रुपैँया बराबरको तटबन्ध निर्माण तथा बेला कालीपारुवाको तटबन्ध निर्माण ठेक्का रद्द गरिएको छ।
त्यसैगरी गुल्मीको तारा लक्ष्मीरममता मञ्जु जेभीले पाएको लमही ७ हस्नापुरको ७३ लाख १३ हजार लागतको निर्माण ठेक्का पनि रद्द गरिएको छ।
ठेकेदारहरूले तोकिएको करारीय दायित्व पूरा नगरेपछि आयोजनाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र ६३ बमोजिम आवश्यक कारबाहीको कदम चालेको हो ।



लाइभदाङ । १६ कार्तिक २०८३, आईतवार २१:५० बजे