
सल्यान, १४ कार्तिक ।
सल्यानको दार्मा गाउँपालिकामा एक पुरुष खोलामा मृत अवस्थामा फेला परेका छन्।
दार्मा गाउँपालिका ३ स्थित दोभान खोलामा दार्मा गाउँपालिका ४ गलातका अन्दाजी ३२ वर्षीय भुवन चन्द शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान शव खोलामा कोल्टे परेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्युको कारण भने खुल्न बाँकी रहेको छ ।



लाइभदाङ । १५ कार्तिक २०८३, शनिबार २१:१३ बजे