
तुलसीपुर, १७ कार्तिक ।
दाङ तुलसीपुर उपमहानगरपालिकाद्वारा गरिएको बजार अनुगमनका क्रममा तुलसीपुरको दुर्गा मिठाई पसलबाट एक लाख बढिका सामग्री बरामद गरेर नष्ट गरिएको छ ।
रंग हालेको तथा उपभोक्तालाई नोक्सानी गर्ने खालका बिभिन्न मिठाइका परिकारहरु बरामद गरेर नष्ट गरिएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले बताए । त्यस क्रममा दश हजार रुपैयाँ जरिवाना समेत गरिएको थियो ।
उपमहानगरपालिकाको बजार अनुगमन निर्देशिका, २०७५ को परिच्छेद-३ दफा १०९१० बमोजिम गठित संयुक्त अनुगमन टोलीले स्थलगत निरीक्षण गर्दा मापदण्ड पालना नभएको भेटिएपछि उक्त जरिवाना गराइएको हो।



लाइभदाङ । १८ कार्तिक २०८३, मंगलवार ०९:३४ बजे