दाङ ७ स्थानीय तहमा मतगणना सुरु, अधिकांसमा काँग्रेस अगाडी

दाङ
१ जेठ / दाङका ७ स्थानीय तहमा मतगणना सुरु भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार लमही नगरपालिकासहित राप्ती, गढवा, राजपुर, दंगीशरण, शान्तिनगर, बबई गाउँपालिकामा मतगणना सुरु भएको हो । ति मध्ये गढवा गाउँपालिकामा एमालेले अग्रता लिएको छ्, भने राप्ती गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

ति बाहेक अन्य स्थानीय तहमा भने काँग्रेसले अग्रता लिएको छ । १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका र बंगलाचुलीमा केही समयपछि मतगणना सुरु हुनेछ। तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गते निर्वाचन भएपछि मात्रै हुनेछ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का एमालेका वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्युपछि सोही वडामा जेठ ३ गते मात्रै निर्वाचन हुनेछ ।


दाङमा शुक्रबार भएको निर्वाचनमा २ लाख ८३ हजार ९८ मत खसेको थियो । दाङमा ४ लाख ३ हजार ६ सय ८३ मतदाता रहेका थिए । जिल्लामा जम्मा ७१ .१६ प्रतिशत मत खसेको छ ।

बिजयी सुरुवात
दाङको राप्ती गाउँपालिका वडा नं. ९ मा माओवादी केन्द्रले विजयी गरेको छ । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार रिमबहादुर सुनारी मगरले विजयी हाँसिल गरेकी हुन् ।