सुदृढ काँग्रेस बनाउन दाङ ३ (क) को सभापतिमा मेरो उम्मेदवारीः तेज कार्की

दाङ, ०९ असोज ।
नेपाली कांग्रेसको दाङ क्षेत्र नम्बर ३ (क) को प्रदेश निर्वाचन क्षेत्रिय सभापति पदका तेजबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन् । लामो समय काँग्रेसको राजनीति गर्दै आएका कार्कीले १५औँ महाधिवेशमा उम्मेदवारी दिने बताएका हुन् ।

उनले ‘समाजको समृद्धि, विकास र सशक्त कांग्रेस—हाम्रो प्रतिबद्धता’ नारा दिएर उम्मेदवारी घोषणा गरेका छन् । कार्कीले संगठन सुदृढीकरण, कार्यकर्ताको एकता र कांग्रेसलाई थप जनमुखी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन् ।


विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका कार्कीले विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वसमेत गरिसकेका छन् । उनी पश्चिम दाङमा सञ्चार क्षेत्रको स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने ब्यक्ती समेत हुन् ।