कांग्रेस लमही नगर सभापतिमा बुढाथोकी निर्वाचित

दाङ, ०८ असोज ।
नेपाली कांग्रेस लमही नगरपालिकाको नगर सभापतिमा सन्तोष बुढाथोकी निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न नगर अधिवेशनमा बुढाथोकीले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजेन्द्र खड्कालाई १ सय ३ मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । बुढाथोकीले १ सय ७८ मत प्राप्त गर्दा खड्काले ७८ मत प्राप्त गरेका थिए।

त्यस्तै नगर सचिवमा प्रेम कालाथोकी निर्वाचित भएका छन्। कालाथोकीले १ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नवराज वलीले ६० मत प्राप्त गरेका थिए। नगर सहसचिवमा टेकबहादुर पुन निर्वाचित भएका छन् । पुनले १ सय ८० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अमितकुमार चौधरीले ६५ मत प्राप्त गरेका थिए।


नगर सदस्यतर्फ सुन्दर केसीले १ सय ६६ मत, केशव महराले १ सय ७३ मत, रञ्जित चौधरीले १ सय ६३ मत र समीप घिमिरेले १ सय ५८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । सदस्य पदका उम्मेदवारहरूमा चित्रबहादुर केसीले ६६, चन्द्रबहादुर चौधरीले ७२ र मनिराम चौधरीले ७२ मत प्राप्त गरेका थिए।

यसअघि नै बुढाथोकीको समूहबाट उम्मेदवारी दिएका उपसभापतिमा किरण चौधरी तथा सदस्यमा कल्पना पछाई, गोकर्ण केसी, तुलसा विक, निमा सुनार र सुमित्रा विक निर्विरोध निर्वाचित भइसकेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमही नगरपालिकामा २ सय ६१ जना क्षेत्रीय प्रतिनिधि तथा प्रतिनिधिहरू सहभागी हुने गरी प्रक्रिया अघि बढाइएको थियो । नगर अधिवेशनमा भने कुल २ सय ५१ मत खसेको थियो।