गढवामा अध्यक्षमा माओवादी केन्द्र विजय, उपाध्यक्षमा काँग्रेस

दीपक बोहरा
दाङ,४ जेठ ।
दाङको गढवा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । अध्यक्षका उम्मेदवार यमनारायण शर्माले ६९०९ मत प्राप्त गरेर विजयी भएका हुन्, उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका सर्वजित डीसीले ६१६७ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा काँग्रेसका शारदा कुमारी चौधरीले ५८८१ मत ल्याएर विजयी भएकी छिन्, भने उनका निकटतम प्रतिद्वन्दी सीता कुमारी चौधरीले ४८३० मत प्राप्त गरेकी छिन् ।


त्यस्तै एमालेबाट अध्यक्षका उम्मेदवार सहजराज यादवले ४१३१ मत ल्याएका थिए, भने उपाध्यक्षमा एकीकृत समाजवादीका शान्ति चौधरीले ४११२ मत प्राप्त गरेकी छिन् । यादव र चौधरी दुबै जना २०७४ सालको स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएर कार्यकाल पूरा गरेका ब्यक्ती हुन् । गढवामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । माओवादीले जितेपनि एकीकृत समाजवादीले भने जित निकाल्न सकेन ।