कालाखोलामा पानीको बहाब बढ्दै, घोराही–तुलसीपुर सडक अबरुद्ध

तुलसीपुर, ४ भदौ ।
दाङको तुलसीपुर– ७ मा रहेको कालाखोलामा आएको बाढीले घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ । आज मंगलबार आएको बाढीले गर्दा यातायातका सवारी साधन आवतजावत बन्द भएको तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जीसीले जानकारी दिए।

सवारी साधन सञ्चालनमा नआउँदा यात्रुहरु समस्यामा परेका छन् । उनका अनुसार पुलमाथीबाट आएको पानीले साना तथा ठूला सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।


पानी निरन्तर परिरहेकोले पानीको बहाब बढ्दै गएको छ । बर्खाको समयमा सुरक्षित भएर यात्रा गर्न वडा अध्यक्ष जीसीले सबैलाई अनुरोध गरेका छन् ।