अन्जना विश्वकर्मा
तुलसीपुर, २२ साउन / तुलसीपुरमा विद्युत अनियमितको समस्या देखिएको छ । शुक्रबार दिनभर कति बेला आउने र कतिबेला जाने हुँदा नागरिकहरुलाई सास्ती भएको छ ।
विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख जगन्नाथ लामिछानेका अनुसार विद्युत कार्यालय तुलसीपुरको एउटा ट्रान्सफर्मर जलेकाले यस्तो समस्या देखिएको हो । उनका अनुसार मानपुर, विजौरी, फुलवारीलगायतका क्षेत्रमा जाने एउटा टान्सफर्मर विग्रिएको र मर्मतकालागि करिब एक हप्ता लाग्न सक्ने भन्दै त्यसकै कारणले विद्युत अनियमतको समस्या रहेको हो । तुलसीपुरमा दुई वटा ट्रान्सफर्मर हुन् ।
ति मध्ये एउटा बजारलगायतका क्षेत्रकालागि रहेको छ । अहिले मानपुर, विजौरी, फुलवारीलगायतका क्षेत्रमा जाने ट्रान्सफर्मर विग्रिएकाले बैकल्पिक व्यबस्थाबाट विद्युत प्रदान गर्नकालागि सम्भाव्यता खोज्ने क्रममा बजार क्षेत्रमा पनि अनियमित हुने अबस्था आएको उनको भनाई थियो ।
शुक्रबार दिउसोदेखि त्यस्तो समस्या आएको हो ।
लाइभदाङ । २२ श्रावण २०७७, बिहीबार २३:१६ बजे