बालबालिकामा सकारात्मक सोचको विकास गर्दै अप्टिमिष्ट क्लब

तुलसीपुर, ०७ पौष ।
अप्टिमिष्ट क्लब अफ तुलसीपुरद्वारा विश्व ध्यान दिवसको अवसरमा “आज ध्यान, भोलि उज्यालो” कार्यक्रम राप्ती बाल एकेडेमीमा सम्पन्न भएको छ । अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नोबेल डिसीको अध्यक्षता तथा नेशनल प्याबसनका वरिष्ठ उपाध्यक्ष ठाकुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक सोचको विकासमा महत्व राख्ने बताएका थिए ।


बालबालिकाहरूमा मानसिक शान्ति, एकाग्रता र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष डिसीले जानकारी दिए ।

त्यस अवसरमा अप्टिमिष्ट क्लब अफ तुलसीपुरका संस्थापक अध्यक्ष मानबहादुर बस्नेत,निवर्तमान अध्यक्ष एकराज भण्डारी, क्लबका पदाधिकारी लगायतको सहभागिता रहेको महासचिव दिपक बोहोराले जानकारी दिए ।